back
CTIZAN AD

“सप्तरंगी” को लोकार्पण

वि.सं.२०७४ असार २९ बिहीवार

669 

shares

sapta-rangi-album

सर्य चन्द

पछिल्लो समय चर्चाको शिखर टेक्दै गरेकी नायिका जस्ती सुन्दरी गायिका शुशिला पाठकको बहु प्रतिक्षित पहिलो गीति एल्बम ‘सप्तरंगी’ को एक भब्य समारोह बीच काठमाडौँमा बिमोचन गरिएको छ । अतिथिहरु बरिष्ट गायिका मिरा राणा, संगीतकार शिला बहादुर मोक्तान, चर्चित गायिका कुन्ती मोक्तान, संचारकर्मी शान्ति प्रिय, कलाकार निर्मल शर्मा, गायिका सुक्मित गुरुङ तथा निर्देशक लब कार्कीको बिसेष उपस्थितमा सम्पन्न बिमोचन समारोहमा अन्य धेरै गायक गायिका, कलाकार तथा पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

उक्त एल्बम बिमोचन कार्यक्रममा सम्पूर्ण अतिथिहरुले गायिका शुशिला पाठकको पहिलो एल्बम ‘सप्तरंगी’ को प्रसंसा गर्दै उनको गित गाउने शैली देखि शब्द पद्दति सम्म एकदमै राम्रो भएको र जादुमय स्वर तथा उत्कृष्ट संगीतले सजिएको यस एल्बमले चाडैनै सांगीतिक फाटमा बेग्लै पहिचान बनाउन सक्ने र नेपाली गित संगीत क्षेत्रमा नया आयाम थप्ने कुरामा बिस्वस्त हुदै उनको एल्बमको समिक्षा गरेका थिए र सम्पूर्ण उपस्थितहरुले गायिका शुशिला पाठकलाइ शुभकामना बधाई पनि दिएका थिए ।

सप्तरंगी एल्बममा जम्मा पांच वटा गीतहरु रहेको र दुइ वटा ट्रयाक रहेका छन् जसमा शब्द बिष्णु गुरुङ, शान्ति प्रिय, सन्तोष पोखरेल र बिशाल पौडेलको रहेको छ भने त्यसैगरी शिला बहादुर मोक्तान, मनोजराज शिवाकोटी, दिपक शर्मा, कारण राज कार्की तथा बिशाल पौडेलको संगीत रहेको छ, उक्त अवसरमा सोहि एल्बमको पहिलो नम्बर गितमा रहेको ‘हलक्क ज्यान बढ्यो रे’ नामक गितमा बनेको म्युजिक भिडिओ समेत लन्च गरिएको थियो जसमा नब मोडल भुपेन पाठक तथा नायिका रिमा बिस्वकर्माको बेजोड अभिनय रहेको छ ।

आफ्नो यस पहिलो एल्वमका गीतहरुले दर्शक स्रोताहरुको मन जित्ने विश्वास लिएकि गायिका शुशिलाले ‘सप्तरंगी’ नेपाली सांगीतिक आकाशमा सप्तरंगी झैँ फैलिएर सफल हुनेमा बिस्वस्त छिन साथै यो आफ्नो पहिलो एल्बम भएकोले दर्शक तथा श्रोताहरुले सुनिदिएर, हेरिदिएर आफ्नो अमुल्य कमेन्ट गरि दिनुहुन पनि आग्रह गरेकी छिन भने भबिष्यमा पनि यस्तै श्रोता दर्शकहरुको मन छुने गितहरु लिएर नेपाली संगतिक फाटमा आउने र संगीतमानै जिबनभर रमाउने अनि आफ्नो जिबन समर्पित गर्ने कुरा गायिका पाठक बताउछिन ।

वि.सं.२०७४ असार २९ बिहीवार १५:३९ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...