back
CTIZAN AD

प्रहरी जवान मृत फेला

वि.सं.२०७४ असार २९ बिहीवार

699 

shares

२९ असार, धनगढी । कैलालीको अत्तरिया बजारमा रहेको नेचुरल ब्युटी होटेलमा बास बसेका प्रहरी जवान शेरबहादुर बुढा क्षेत्री आज होटलमै मृत फेला परेका छन् ।

भजनी नगरपालिका–४ घर भई इप्रका जोगबुढा डडेलधुरामा कार्यरत क्षेत्रीलाई आज बिहान मृत फेला पारिएको इप्रका अत्तरियाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । बुधबार उक्त होटलमा बास बसेका क्षेत्रीको शरीरमा कुनै घाउ र चोटपटक देखिँदैन ।
बिदा स्वीकृत गराई आफ्नो घर भजनी जाने क्रममा बाटामा पर्ने अत्तरियाको उक्त होटेलमा एक महिलासँगै उनी बास बसेको जनाइएको छ । ती महिलालाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट हृदयाघातका कारण निजको निधन भएको हुन सक्ने प्रहरी निरीक्षक बोहराले बताउनुभयो । यद्यपि घटना रहस्यमय देखिएको छ । शव परीक्षण गरी आफन्तलाई बुझाइएको छ । रासस

वि.सं.२०७४ असार २९ बिहीवार १५:४१ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...