back
CTIZAN AD

दुई महिना पुग्दासमेत उम्मेदवारले खर्च विवरण बुझाएनन्, ६०८ को धरौटी जफत

वि.सं.२०७४ असार ३१ शनिवार

780 

shares

३१ असार, चितवन । स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् ।

भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन खर्च पेश गर्न दिएको समयमा ७२० जनाले मात्रै निर्वाचन खर्च पेश गरेका छन् । भरतपुर महानगर बाहेकका एक हजार ५१९ उम्मेदवारमध्ये ७२० जनाले मात्रै निर्वाचन खर्च पेश गरेको कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने प्रावधान भए पनि आधा बढी उम्मेदवारले खर्च विवरण पेश नगरेको कार्यालय प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

भरतपुर बाहेकका ६ स्थानीय तहका ७९९ जना उम्मेदवारले निर्वाचन खर्च पेश गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । केन्द्रमा विवरण पेस गर्दा समयमा बुझाएको र नबुझाएको छुट्टाछुट्टै खुलाएर पठाइने ढकालले बताउनुभयो ।

६ सय आठजना उम्मेदवारको धरौटी जफत

जिल्लाका निर्वाचन सम्पन्न भएका ६ तहका ६ सय आठजना उम्मेदवारको धरौटी जफत भएको छ । भरतपुर महानगरपालिका बाहेकका पाँच नगरपालिका र एक गाउँपालिकाकामा उम्मेदवारी दिएका एक हजार ५१९ मध्ये ६ सय आठ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले जानकारी दिनुभयो ।
धरौटी फिर्ताका लागि सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेको छ ।

वि.सं.२०७४ असार ३१ शनिवार ०७:३८ मा प्रकाशित

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...