back
CTIZAN AD

एएफसी यू -२३ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित

वि.सं.२०७४ साउन १ आइतवार

918 

shares
afc-in-dubai

१ साउन । नारायण भुर्तेल

युएई – एएफसी यू २३ च्याम्पियनसिप छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपाल घरेलु टिम युएईसंग पराजीत भएको छ। युएईको अलएेन स्थित ताहनोउ बिन मोहममेद स्टडियममा शनिबार साझ भएको पहिलो खेलमा नेपाल युएईसंग ५-० गोलको फराकिलो अन्तरले पराजित भएको हो।  खेल सुरू भएको पहिलो हाफमा युएईले ४-० को आग्रता लिदै नेपाललाई दबाब दिएको थियो ।

पहिलो हाफमा  उत्कृष्ट प्रर्शन गर्न नसकेको  नेपालले दोस्रो चरणमा केही सुधार गरेर खेलेको थियो । तर दोस्रो हाफमा पुन युएईले नेपाल माथि अर्को थप १ गोल गरि ५-० ले अग्रता लियो । 

खेलको ७१ औ मिनेटमा नेपालको तर्फबाट सुमन लामाले १ गोल गरेका थिए । तर उनले गरेको  गोलाई अफसाईड भन्दै रेफ्रिले मान्यता दिएन । 

खेल हेर्नको लागि युएईमा कार्यरत हजारौ नेपालीहरुको उपस्थिति रहेको थियो । नेपालले  सोमबार उज्वेकिस्तान र बुधबार लेबनानसंग अन्तिम खेल खेल्नेछ।

वि.सं.२०७४ साउन १ आइतवार ०१:३२ मा प्रकाशित