
१ साउन । नारायण भुर्तेल
युएई – एएफसी यू २३ च्याम्पियनसिप छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपाल घरेलु टिम युएईसंग पराजीत भएको छ। युएईको अलएेन स्थित ताहनोउ बिन मोहममेद स्टडियममा शनिबार साझ भएको पहिलो खेलमा नेपाल युएईसंग ५-० गोलको फराकिलो अन्तरले पराजित भएको हो। खेल सुरू भएको पहिलो हाफमा युएईले ४-० को आग्रता लिदै नेपाललाई दबाब दिएको थियो ।
पहिलो हाफमा उत्कृष्ट प्रर्शन गर्न नसकेको नेपालले दोस्रो चरणमा केही सुधार गरेर खेलेको थियो । तर दोस्रो हाफमा पुन युएईले नेपाल माथि अर्को थप १ गोल गरि ५-० ले अग्रता लियो ।
खेलको ७१ औ मिनेटमा नेपालको तर्फबाट सुमन लामाले १ गोल गरेका थिए । तर उनले गरेको गोलाई अफसाईड भन्दै रेफ्रिले मान्यता दिएन ।
खेल हेर्नको लागि युएईमा कार्यरत हजारौ नेपालीहरुको उपस्थिति रहेको थियो । नेपालले सोमबार उज्वेकिस्तान र बुधबार लेबनानसंग अन्तिम खेल खेल्नेछ।
वि.सं.२०७४ साउन १ आइतवार ०१:३२ मा प्रकाशित