back
CTIZAN AD

सर्पको डसाइबाट तीन महिनामा सातको मृत्यु

वि.सं.२०७४ साउन १ आइतवार

945 

shares

१ साउन, कैलाली । यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ ।

सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिनुभयो । उहाँले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ भई मृत्यु हुने गरेको बताउनुभयो ।

कैलालीको सेती अञ्चल अस्पतालमा गत वर्ष सर्पले डसेका २१५ जना बिरामी उपचारका लागि आएका थिए भने यस वर्ष तीन महिनाको अवधिमा ६८ जना बिरामी उपचारका लागि अस्पताल आइसकेका छन् ।

गत वर्ष एक वर्षको अवधिमा सातजनाको मृत्यु भएको थियो भने यो वर्ष असारमै मृतकको संख्या सात पुगिसकेको छ । वार्ड इन्चार्ज बोहराले रातिको समयमा सर्प प्रायः आवतजावत गर्ने भएकाले त्यस समयमा बढी सावधानी अपनाउनुपर्ने र केहीगरी डसिहालेमा बिरामीलाई बढी हलचल नगराई सक्दो चाँडो अस्पताल पु¥याउनुपर्ने सुझाव दिनुभयो ।

वि.सं.२०७४ साउन १ आइतवार ०३:३३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...