Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए कान्साइको त्यो कालो दिन



narendra-basnet

यहाँ व्यक्त गरिएका भावहरु कसैप्रति लक्षित भने हैनन् । मैले यो कलम चलाउदै गर्दा कसैले यहाँ मैले ब्यक्त गरेको भावहरुमा आफुलाई त्यो पात्र सम्झना पुग्यो भने त्यो संयोग मात्र हुनेछ । यदि साच्चिकै आफूलाई त्यसभित्र नै पाएर गलत गरेको महशुस भएको खण्डमा आगामी दिनमा सुधारको बाटोमा लाग्नेछ भन्ने आसा गर्नेछु ।

गैह्रआवासीय नेपाली संघ जापान कान्साइको क्षेत्रीय समितिको अधिबेसन अर्थात् निर्बाचनलाइ लिएर अहिले सामाजिक संजालहरुमा विभिन्न किसिमका टिका टिप्पणीहरु भैरहेका छन । जुन केहि हदसम्म मेरो व्यक्तिगत बुझाइमा ठिकै पनि छन् । निर्बाचन समितिले आफूले तोकेको समय अबधिमा नै निर्बाचन सुरु गर्न प्रतिबद्दता जनाई निर्बाचन समिति संयोजक अर्थात् मैले सम्पूर्ण मतदाताहरुलाई जानकारी गराई मतदान गर्न तयार रहन गरेको आग्रहको बाबजुद अत्यधिक मात्रामा मतदानको लागि उर्लेको जनलहरलाइ सहमति नामको शब्दले परिणाम दिन नसक्दा आज सम्मको मेरो बुझाइको कान्साइको आम कार्यक्रमहरुको तुलनामा अत्यन्त लाजमर्दो खालको परिणति हुन पुग्यो ।

किन त्यस्तो भयो त त्यो दिन ?

एनआरएनए कान्साईको निर्बाचन समिति बनेर हामीहरुले जिम्मेवारी बहन गर्दै गरेको अबस्थामा सुरुवातीका दिनदेखि नै कुनै पनि हालतमा चुनाब त गर्नै हुदैन, जसरी हुन्छ मिलाएर लानु पर्छ, यदि चुनाबभएको खण्डमा हामी हरुबीचको एकतामा फुट आउछ भन्ने जस्ता नाराहरु उमेरले मात्र उकालो लागेका तर संस्कार र बुद्दिले माथि उठ्न नसकेका अग्रज नामका कलंकहरुले ढोल पिट्दै गए । यसरी ढोल पिट्दै जाने क्रममा हामि बिचमा विभिन्न चरणमा उम्मेदवार कार्यसमिति,निर्बाचन समितका बैठक र चरणबद्ध रुपका छलफलहरु नभएका भने हैनन् तर अधिकांस सबै छलफलमा जसरी हुन्छ चुनाब त गर्नु हुदैन, सहमतिमा ल्याउनै पर्छ भन्ने कुराहरु दोहोरिरहदा परिणाम भने सून्य नै रहयो । यस्ता किसिमका बादबिबादहरु चलिरहदा यदि उम्मेद्वारहरु बिचमा आपसी सहमति नभएको खण्डमा चुनाब गराउनु निर्बाचन समितिको नैतिक धर्म हो र म आफू त्यसमा प्रतिबद्द छु र आपसी समझदारीमा नमिलेको खण्डमा जसरी पनि चुनाब गरेर नै निस्कर्षमा पुग्नुपर्छ भन्ने मेरो अडानलाइ सकारात्मक तरिकाले हामी भित्र बाट नबुझिदिदा म लगभग एक्लिइसकेको र यहाँको समाजमा मैले मात्र नभएर मलाइ र मेरो चरित्रसँग राम्रोसँग परिचितहरुले समेत सोच्नै अनि कल्पनै गर्न नसकिने नगरी मेराबिरुद्ध रातारात यदि धेरै नकारत्मक समाचारहरु फैलाइएछ कि, जुन मैले जीबनको कुनै कोणमा पनि कल्पनै गर्न सकेको थिइन।

मेरो समाजसेवा र जनसेवाप्रतिको इमान्दारिता लगनशीलता र त्यसको प्रतिफल समाज देश र संस्थाले हासिल गरेको प्रगतिबाट जलेका केहि अभिष्ट सोँच भएका कुपुतहरुको कुनियतले गर्दा अत्यन्तै सुनियोजित तरिकाले कान्साईबासी नेपालीहरुको र बिश्वब्यापी संजालको संस्था एनआरएनएप्रति विश्वास गरेर आफ्नो अमुल्य समय र पैसा खर्च गरेर मतदानको लागि आउनुभएका सम्पूर्णको भावनामा कुठाराघात भयो र त्यसको सम्पूर्ण दोष म एक्लो माथि थोपर्ने खालको अत्यन्त घृणित हर्कत भयो । मेरो कार्य प्रगतिबाट जलेकाहरुले मलाइ असफल गराउन खेलेको षड्यन्त्रले मेरो कार्यसमिति भित्र जोडिएका उनीहरुको इज्जत अनि हामी सबैसँग जोडिएको संस्थाको इज्जत संस्थालाई माया गरेर आफ्नो अमुल्य समय खर्चिएर आउने मतदाता सुभचिन्तकहरुको इज्जतको ख्याल नै गर्न नसकेको पाइयो । उदण्डताको चरम स्थिति सिर्जना गरि त्यसको समाधानमा लाग्नुको साटो लगभग म एक्लैलाइ त्यो परिस्थितिमा छोडी एउटा कुनाबाट रमिता हेरेर बसिरहँे ।

अधिवेशनको कार्यतालिका हामीले ३,४ दिन अगाडी नै एनआरएनए कान्साइको अफिसियल फेसबुक, समाचारमाध्यम र सामाजिक भाइबर ग्रुपबाट प्रकाशित गरिसकेका थियौ र अन्तिम परिस्थितिसम्म समझदारी बन्न नसकेको खण्डमा निर्बाचन गराउन हामि (बिशेष गरि म) प्रतिबद्द थियौ । १२:३० बाट कार्यक्रम सुरु गरि निर्बाचन १५:०० देखि सुरु गर्ने भनि हामीले गराएको जानकारी अनुरुप नै हामी तयारीमा तल्लिन थियौ । त्यसदिन १२:३० बाट सुरु गर्ने भनिएको कार्यक्रम आधा घण्टा ढिला गरि १३:०० बाट सुरु भयो । अधिवेसनको दिन अर्थात् निर्बाचन हुने दिन बिहानको छलफल सम्मको स्थिति आउदा संयोजकका तीन दाबेदार मध्ये एक दाबेदारले लिखित रुपमा आफु पछि हट्ने जानकारी गराई सक्नुभएको थियो जुन मैले निर्बाचन समितिको अन्य सदस्यहरुलाई वहाहरुसंग भेट हुने बित्तिकै जानकारी गराइसकेको थिए । अन्ततोगोत्वा दुईजना संयोजक बीच प्रतिस्पर्धा हुने भएपछी म आफु सिंगो निर्बाचन समिति र संस्थाको इज्जत, आगन्तुक मतदाताहरुको मताधिकारको कदर गर्दै निर्बाचनको आन्तरिक तयारीमा लागेर उद्घोषकलाइ जसरि पनि १५:०० बाट निर्बाचन सुरु गर्नको निमित्त १४:४५ सम्म कार्यक्रम सक्न अनुरोध गरे जसको लागि हामीले धेरै आगन्तुक अतिथिहरुको मन्तब्य र संस्थाको प्रगति विवरण आर्थिक विवरण को तालिका समेत छोटो बनायौ ।

प्रतिबद्दता अनुरुप नै मैले निर्बाचन समितिको संयोजकको हैसियतले १४:५० मा सम्पूर्ण उपस्थितलाइ सम्बोधन गर्दै १५:०० देखि मतदानको लागि तयार हुन जानकारी गराउदै कार्यसमिति र स्वयंमसेवकहरुलाई आबस्यक सहयोगको लागि अनुरोध गरे । यति अनुरोध गरेपछि अन्य तयारी पूर्व योजना अनुरुप भयो होला भनेर म आफु मतदातापत्र लगायतको तयारी तथा मत पत्रमा सहि गर्ने तयारी सहित अन्य निर्बाचन समिति सदस्यहरुलाई आबस्यक कार्यको लागि अनुरोध गर्दै गरेको अबस्थामा भन्न पनि लाजमर्दो गरि त्यतिखेर आएर उम्मेदवारको परिचयपत्र, स्वयंसेवकको परिचयपत्र लगायतको अत्याबस्यक कुराहरु नभएको अर्थात् हराएको जानकारी आयो । र त्यो संगै भोटिंग हुन केहि समय मात्र बाँकी रहँदा र म आफु पनि मतपत्रमा सहि गरेर आउने मतदाताहरुलाई मतपत्र दिंने अन्तिम तयारीमा रहेको अबस्थामा अचानक हैन ! ‘यहाँ त चुनाब भयो भने झन् अप्रिय स्थिति हुन्छ हामी बिचको भाइचारा बिग्रन्छ जसरि पनि मिलाउन पर्छ १० मिनेटको समय दिनुस्’ भन्ने कुरा त्यहाँ बाट निक्लियो । सुरुवातिका दिन देखि नै चुनाब भए अभिष्ट हुन्छ भन्दै भ्रामक कुराहरु आइरहेको परिप्रेक्ष्यमा तत्कालिन परिस्थितिलाइ मध्यनजर गर्दै त्यतिखेरको अग्रजहरुको एकोहोरो ढिपी र उम्मेदवार लगायतको बहुमतिय इच्छा अनुरुप संयोजकको मिलाउन सकेमा अरु तत्काल नै मिल्छ भन्ने भनाइले मलाइ पनि चुप लाएर मागे अनुरुपको १० मिनेटको समय कुर्न बाध्य गरायो ।

निर्बाचन सुरु हुने समय हुदै गर्दा हालसम्म पनि हुन नसकेको सहमतिको नाटक मन्चन हामी भित्र हुदै थियो । हल भित्र भन्दा पनि हल बाहिर नेपालीहरुको गरिमा र इज्जतलाइ नै दाग लगाउने गरि विभिन्न अपसब्द र अपाच्य शब्दहरु प्रयोग गर्दै निर्बाचन नै भए पनि हुन नदिने अर्को नाटक मन्चन गरिदै थियो । जुन हामीले कल्पना गरेको कान्साइको नेपाली समाजको आजसम्मको सिन भन्दा नितान्त पृथक र घृणित थियो ।

यसै क्रममा १० मिनेटको समयले ३० मिनेट नाघेपछि दुइजना संयोजकहरुको बीच क्रमश एक एक बर्ष चलाउने गरि सहमति गरियो । जुन विधानको बिपरित त थियो नै ! संस्थामा १० बर्षदेखि नीति नियम र बिधि बिधानका कुराहरुमा अत्यन्त संबेदनशील भएर आवाज उठाउदै आएको मेरो लागि पनि अपाच्य थियो । तथापी यति गर्दा यदि सम्पूर्ण कुरा हरु मिल्छन भने सामाजिक संस्था हो, यहाँ हामी सबै दिन नै भनेर आएका छौ लिन कोही पनि आएका होइनौ, कहिलेकाँही सामाजिक सन्तुलन, भाइचाराको कुराहरुलाई प्राथमिकता दिदै बिधि बिधान र नीति नियमका कुराहरुलाई तरल अबस्थामा राख्नुपर्ने परिस्थिति पनि हुदो रहेछ भन्ने सोचले मेरो एक्लो मनले दिदा नदिदै पनि तत्कालिन उपस्थितहरुको बहुमतिय सोच र उम्मेदवारको इच्छा अनुरुप यो अप्रिय निर्णय गर्दै हामी उपसंयोजक तर्फ लाग्यौ ।

केहि बादबिवादको बीच उपसंयोजकको टुंगो लागेपछि बहुप्रतिक्षित बनाइएको कोषाध्यक्षको लागि सहमति गर्ने क्रममा कोसाध्यक्षको एक पदको लागि ६ जनाको परेको उम्मेदवारीमा सहमति हुन सकेन । संयोजकको जसरि भएपनि मिलेपछि अरु त्यतिकै मिलाउन सकिन्छ भनेर अडिग लिनेहरुको भूमिका वास्तविक समय आएपछि न्यून रहयो । त्यो क्रम संगै समय गुज्रिदै गयो । यो बिचमा उपस्थित जनसमुदायलाइ के कस्तो भैरहेको छ भनि जानकारी गराउन अनुरोध गर्दै गर्दा कार्यसमिति र निर्बाचन समितिको अन्य अग्रजहरुले माइक समाएर उपस्थित समुदायलाई जानकारी गराउनको साटो तातिएको माहोललाइ अझै बढी उच्छ«खंल बनाइ रमिते भएर बस्नु भयो । बिधिबत रुपमा तय गरिएका स्वयंसेवक समिति र कार्यसमिति पनि अधिकांश परिस्थितिको समाधानमा लाग्नुको साटो रमिते भएर बसे । समय अनुकुल उपस्थित महानुभाबहरुलाई सम्बोधन गर्न नसक्नु पनि निर्बाचन समितिको (हाम्रो) गम्भीर कमजोरी थियो । यस्तो परिस्थितिमा मतदान गर्न उपस्थित जनामनास कुनै पनि जानकारी बिना दिनभरी एउटा हलभित्र बाधिनु पर्दा निर्बाचन समिति प्रति आक्रोशित हुनु कुरालाई मैले स्वाभाविक रुपमा लिएको छु । किनकि त्यो दिनको त्यस परिस्थितिमा म वहाहरुको ठाउमा भएको भए पनि स्वभाभिक रुपमा आक्रोशित हुने थिए । तर, त्यो आक्रोशलाइ उदण्डतामा दर्ज गराएर नेपालीहरुको इज्जतमा दाग लगाउने काम गर्ने कि अनुशासन र इज्जतमा रहेर गलत कुराको तार्किक तरिकाले बिरोध गर्ने त्यो सम्बन्धित व्यक्तिको बिवेकमा भर पर्ने कुरा हो ।

परिस्थितिले उग्र रुप लिदै गर्दा अधिकांश उदण्डतामा उत्रिएकाहरु निर्बाचन समिति र मत हाल्न नपाएको आक्रोश भन्दा पनि मलाइ ब्यकक्तिगत दुश्मन सम्झिएर म प्रति एकल कटाक्ष गरिरहेका थिए । अधिकांस मैले राम्रोसँग नचिनेका र नदेखेका केहि अनुहारहरुले पनि रक्सीको तालमा आफ्नो होस गुमाएर घोकाइएको शब्दहरु प्रयोग गर्दै नितान्त मेरो बिरोध गरिरहेको देख्दा म आफू पनि एकछिन रनभुल्लमा परको थिए । म प्रति लक्षित गरेर यति ठुलो षड्यन्त्र हामी भित्रैबाट रचिएको रहेछ जुन मैले जिन्दगीको कुनै कुनामा समेत कल्पना नै गर्न सकेको थिइन ।

सबैलाई आफन्त र आफ्नो सम्झिने मेरो कमजोरीको फाइदा उठाएर मेरो बारेमा भ्रामक समाचार फैलाई मदिराको नशामा केहि व्यक्तिहरु खरिद गरि जुन किसिमको शब्दहरु घोटाएर उदण्डता सिर्जना गराउदै गर्दा संयोजकको मिलाएपछि जसरी पनि अरु मिलाउछु भनेर म संग अड्डि लिनुहुनेहरु वहाहरुको कटुत षड्यन्त्रमा म फस्छु कि फस्दीन अथवा कसैले म माथि अप्रिय स्थितिको सिर्जना गर्छन कि गर्दैनन् भनेर माहोल मिलाउन प्रयास गर्नुको साटो कोल्टे परेर रमिता हेरेर बसिरहनु भएको त्यो दृश्य शब्दमा व्यक्त नै गर्न नसकिने खालको थियो ।
पाँच सदस्यीय निर्बाचन समितिमा किन यति धेरै नरेन्द्र बस्नेत(दिनेश)प्रति नै आक्रोशित ?

बिश्वब्यापी संजालको एनआरएनए एउटा माउ संस्था भएको नाताले यसले सबै क्षेत्र र वर्गलाइ समेट्नु पर्छ । यसमा कुनै जात जाति क्षेत्रीय र बर्र्गीय बिभाजनका बिभेदका कुराहरु गरिनु हुदैन र यसले सम्पूर्ण संघ संस्थालाइ मिलाएर सहकार्य गरि अगाडी बढ्नु पर्छ भन्दै बुलन्द आवाज उठाउदै आएको मलाइ यस संस्थाको गरिमा नबुझेर पैसाको दम्भमा संस्थालाई जातियता, राजनीति, क्षेत्रियता तिर धकेल्न खोज्ने पिपासुहरुको म सत्रु भैसकेको रहेछु । जुन मैले कुनै पनि कोणबाट कल्पना पनि गर्न सकेको थिन । सहमति नभएमा निर्बाचन गराउनै पर्छ भन्ने सुरुदेखिको मेरो अडान लाइ असफल पार्नका लागि रातारात रेष्टुरेण्ट लगायत बिभिन्न ब्यबसायमा आबद्ध दाजु–भाइहरुलाई ‘नरेन्द्र बस्नेत (दिनेश) भन्ने मानिसले कुकहरु भने पछि देखि सहदैन, कुक भन्यो कि हेला गर्छ, यसलाई ठिक पार्नु पर्छ’ भनेर म बिरुद्द भ्रामक समाचारहरु फैलाई सुनियोजित तरिकाले मानिसहरु उतारिएको रहेछ । एक क्यान बियरमा बिक्नेहरु,अथवा समाजको अगुवाई गर्छु भन्ने नौटंकी फटाहाहरुको जालमा परेर अन्जानमा जुन व्यक्तिहरु म माथि उर्लिएर लाग्न खोजे ढिलो चाडो तिनीहरुले मेरो बास्तबिकता थाहा पाएपछि आत्मग्लानी भने पक्कै गर्ने छन् ।

कुक दाजु भाइहरुको बिषयमा
म आफु एनआरएनए कान्साइको संयोजक भएर २०१३–२०१५ को कार्यकाल चलाउदै गर्दा मैले त्यतिखेरको कार्यसमितिको सहयोग लिएर जापानमा बसोबास गर्दै आएर बिशेष गरि रेष्टुरेण्ट ब्यबसायमा आबद्दहरुको परिवार सुत्केरी भएको खण्डमा त्यो परिवार यदि एनआरएनए जापानको सदस्य रहेको अबस्थामा सहयोग स्वरुप २०,००० येन दिने भनेर निर्णय गरेको थिए । त्यो निर्णय अनुरुप बाग्लुंग निवासी कुक पेसामा आबद्द गगन बहादुर गौतम कि श्रीमती पुष्पा केसी गौतमलाई २०,००० येन प्रदान गरिएको थियो । तर त्यो योजना तत्कालिन कार्यसमित र सल्लाहकार लगायतको अधिकांस रेष्टुरेण्ट ब्यबसायीहरुको कार्यसमितिको बन्द गर्नु पर्छ भन्ने विचार आएकोले यसलाई बन्द गर्न हामि बाध्य भयौ । यसरि कुक दाजुभाइहरुको र वहाहरुको परिवारको लागि थोरै भए पनि राहत होस् भनेर कार्य गर्ने मलाइ भ्रामक रुपमा अकल्पनीय दोष लगाएर म बिरुद्ध अन्जान पात्रहरु उतार्ने जुन गलत प्रयास गरियो त्यसको जतिनै बिरोध गरेपनि कम हुन्छ ।

नेपालको पूर्बी भेग को बासिन्दा भए पनि विभेदित सोच नराखी राष्ट्रिय मनलाई संगालेर एनआरएन कान्साइको आयोजनामा नयाँबर्ष धमाकामा मलाइ जिम्मा दिइएको कार्यक्रम संयोजकको जिम्मालाइ सफलताको साथ निर्बाह गर्दै बाग्लुंगको अञ्चल अस्पतालको लागि अत्याधुनिक स्वास्थ्य सामग्री खरिदको लागि १३ लाख बराबरको रकम जम्मा गरि बाग्लुंग बासिहरुको लागि सहयोग गरियो । त्यसलाई पनि बाग्लुंग बासिहरुको हित नचाहने बाग्लुंग भित्रकै कपटी साँेच भएकाहरुले बिभिन्न तगाराहरु देखाए । संस्थाको उन्नति प्रगति र सामाजिक एकता नचाहने र मेरो ईमान्दारिता र लगनशीलताबाट डराएका केहि दुःखि आत्माहरुले क्षेणिक पैसाको दम्भमा म एकल व्यक्तिलाइ असफल गराउन रचेको यो सुनियोजित खाल्डोमा आम जनामनासलाइ राखी मेरो त बदनामी गराउने प्रयास गरे गरे साथमा उनीहरु स्वयंम र संस्थालाइ समेत बदनामी तिर धकेले ।

एनआरएनए कसैको बाउको बिर्ता हैन, यो आफ्नो समय ज्ञान शिप र समय खर्चिएर गर्ने संयमसेवी अभियान भएकोले यसमा स्वतस्फूर्त लाग्न चाहने जो कोहि पनि लाग्न सक्छ र लाग्न पाउने वातावरण अभियानमा लागेका हामीहरु जस्तोले बनाउनैपर्छ । मैले आफूले चिनेका जानेका र थाहा भए सम्मका हरेक व्यक्ति संघसंस्थाहरुलाई यो अभियानमा निस्वार्थ जोड्ने प्रयास गरे । जजस्ले मेरो पछाडी मेरो बिरुद्ध कपोकल्पित कुरो गरे, उनीहरुको पनि सहयोग गर्दै गए, विभिन्न भिसामा जापानमा आफ्नो कर्म गरिरहेका व्यक्तिहरुबाट आउने समस्यालाइ प्रत्यक्ष चिने पनि नचिने पनि सकेको जानेको बुझेको सहयोग गरे ।

मेरो निस्वार्थ कर्मबाट जलन भएकाहरु आफूमात्र माथिल्लो ठाउँमा पुगौ, आफ्नो परिवार, वरपरका प्रतिभा, क्षमता भएकाहरु कदापी माथि उठ्न नपाउन भन्ने संकुचित मनस्थिति भएकाहरुले आज मलाई असफल गराउने षडयन्त्र रचेर म संगै संस्थाको बदनामी गराउनुको साथै यसप्रति आस्था राख्ने धेरैको मुटुमा छुरा रोपेका छन् । मेरो बारेमा भ्रामक कुरा गर्ने समाजसेवी नामका कलंक हरुलाई त मेरो भन्नु केहि छैन, यद्दपि मेरो बारेमा भ्रामक कुराहरु सुनेर म प्रति नकारात्मक सोच राख्नुभएका हरु मसँग प्रत्यक्ष भेटेर सत्य–तथ्य बुझ्ने अथवा अन्तरंग कुराकानी गर्ने हिम्मत राख्नु हुन्छ भने कुनै पनि बेला मलाई निर्धक्क सम्पर्क गर्न सक्नुहुनेछ । कुनै पनि कुरा या व्यक्तिको समर्थन या बिरोध गर्दा एक क्यान बियरमा आफ्नो इज्जत लिलाम गरि अन्धाधुन्द लाग्नुको साटो सत्य तथ्य बुझेर अगाडी बढ्ने संस्कारको बिकास गरौ ।यिनीहरुको हर्कतमा नै म आफु उत्रनु प¥यो भने त्यो दिन नितान्त म प्रति मात्र खनिने र म बिरुद्ध षड्यन्त्र रची उपस्थित मतदाताहरुको अधिकार हनन गर्न अदृश्य भूमिका निभाउनेहरुको कुण्डली उतारेर उपचार गर्न सक्ने क्षेमता मैले राम्रो संग राख्छु तर त्यो मेरो आदर्श र सिदान्त अनि नैतिक आचरणले नदिने भएकोले ढिलो चाडो त्यस्ता पात्र हरुले मेरो बारे सत्य तथा थाहा पाएर आत्मा ग्लानी गर्ने छन् भन्ने कुरामा म बिस्वस्त छु ।

अन्त्यमा बिबिध आरोह अवरोह को बाबजुद नया कार्यसमितिले पूर्णता पाएको छ । एक संयोजकले आफु बाहिर बसी सहयोग गर्छु भनेर उधारणिय कार्य गरि २ बर्षे कार्यकाल एक जना लाइ नै गर्ने गरि ढोका खोलि दिनु भएको छ । यो सुनौलो मौका लाइ सदुपयोग गर्दै त्यत्रो बलिदान दिने सहयात्रीलाइ संगै हिडाएर अझ चुस्त तरिकाले कार्यसमिति अगाडी बढ्न सकोस् अनि अधिवेसनको दिन उदण्डता देखाउने व्यक्ति हरुलाई एक भेलाको बीच राखी आगामी दिनहरुमा त्यस्ता खालका गतिबिधिहरु नदोहोरिने गरि छलफल अगाडी बढाईयोस र अधिवेसनका तिता मिठा कुराहरु पोख्दै त्यसताका भएका गल्तीहरुलाई सुधार गर्दै अगाडी बढ्नको लागि तत्काल एउटा समिक्षा बैठक राखी कार्य अगाडी बढाईयोस भनि जोडदार माग पनि गर्दछु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर