back
CTIZAN AD

भुकम्प प्रभावितलाई कुहिएको खाद्यन्न वितरण

वि.सं.२०७४ साउन ३ मंगलवार

618 

shares

३ साउन, गोरखा । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) वितरणका लागि पु¥याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् ।

सोमाबार उहिया र सिर्दिवासमा खाद्यान्न वितरण गर्ने क्रममा केही बोरा खाद्यान्न कुहिएको, डल्लो परेको र कीरा लागेको फेला परेपछि थोरै परिमाणमा मात्रै खाद्यान्न वितरण गरिएको स्थानीयवासीले जनाएका छन् । भण्डारण गरिएको मध्ये आधाजसो परिमाणमा दालचामल कुहिएको उहिया खोर्लाका जीतबहादुर गुरुङले बताउनुभयो ।

प्रत्येक घरधुरीलाई १५० केजी चामल र २७ केजी दाल दिनुपर्नेमा सोमबार ७५ किलो चामल र नौ किलो दाल मात्रै दिइएको भन्दै गुरुङले बाँकी खाद्यान्न पछि दिने भनी गोरेटोका कर्मचारीले बताएको जानकारी दिनुभयो ।

सिर्दिवासको जगतमा पनि सोमबार नै खाद्यान्न वितरण गर्ने क्रममा कुहिएको दाल र चामल भेटिएको थियो । दालमा ढुसी लागेको, डल्लो परेको र कीरा भेटिएको सिर्दिवासका वडाध्यक्ष रामकुमार गुरुङले बताउनुभयो । खच्चरबाट ढुवानी गर्दा पानीले भिजाएको खाद्यान्न उचित हेरचाह नगरिँदा कुहिएको हो ।

“खच्चडबाट ढुवानी गर्दैमा २० बोरा चामल बिग्रिएको थियो । त्यहीमाथि चिसो कोठामा भण्डारण गरेछन्, थप १५ बोरा बिग्रिएछ” उहाँले भन्नुभयो । उहिया गाउँमा २०० घरलाई खाद्यान्न बाँडेको डब्लुएफपीले सिर्दिवासका ६९ घरधुरीमा पनि बाँडिसकेको छ । सिर्दिवासकै ६०० घरधुरी र उहियाका ४०० घरधुरीलाई पनि बाँड्न बाँकी छ । चालीस दिन काम गरेका व्यक्तिले प्रतिव्यक्ति एक सय ५० केजी चामल र २७ केजी दाल पाउने बताइएको छ । जेठको दोस्रो साता काम सकिए पनि खाद्यान्न नपाएको भन्दै स्थानीयवासीले गुनासो गर्दैआएका थिए ।
कुहिएको चामल बाँडिएको छैन

कुहिएको र राम्रोे खाद्यान्न अलग्याएर राम्रो दाल, चामल मात्रै वितरण गरेको गोरेटो गोरखाले जनाएको छ । डब्लुएफपी, गोरेटो गोरखाका कर्मचारी र गाउँका वुद्धिजीवी मिलेर राम्रो दाल, चामल मात्रै बाँडेको स्थानीयवासीले बताए । अपुग खाद्यान्न दोस्रोचरणमा बाँड्ने बताइएको छ । यसअघि लाप्राकमा ठूलो परिमाणमा कुहिएको चामल फेला परेपछि डब्लुएफपीले खाल्डो खनेर चामल नष्ट गरेको थियो ।

द्वन्द्व प्रभावितलाई रु १७ करोड ४१ लाख
दशवर्षीय सशस्त्र द्वन्द्वका समयमा तत्कालीन राज्य र विद्रोही पक्षका द्वन्द्व प्रभावितलाई रु १७ करोडभन्दा बढी राहत वितरण गरिएको छ ।
निधन भएका र बेपत्ता रहेकाहरुको परिवारका साथै विस्थापितलाई राहत बितरण गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयले रु १८ करोड ४० लाख पठाएकामा अहिलेसम्म रु १७ करोड ४१ लाख ८७ हजार ८४५ वितरण गरिसकिएको स्थानीय शान्ति समितिका कार्यालय प्रमुख रुलबहादुर आलेले जानकारी दिनुभयो ।

द्वन्द्वमा निधन भएकाहरुको परिवारलाई यसअघि रु पाँच लाखका दरले राहत दिइएको थियो । यस वर्ष रु पाँच लाख थप गरी रु दश लाख राहत उपलब्ध गराइएको हो । विस्थापितको परिवारलाई भने रु २५ हजारका दरले राहत दिइएको छ । रासस

वि.सं.२०७४ साउन ३ मंगलवार ०८:५४ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...