back
CTIZAN AD

चिकित्सक संघको आह्वानमा अस्पताल बन्द

वि.सं.२०७४ साउन ३ मंगलवार

753 

shares

hospital

३ साउन, नेपालगन्ज । नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा आजदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालको सेवा बन्द गरिएको छ ।

गत अर २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा श्यामसुन्दर यादवलाई दुव्र्यवहार गर्ने अभियुक्तमाथि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएका विरोधमा संघले आजदेखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको हो ।

संघका सचिव डा आरके झाका अनुसार चिकित्सक डा यादवमाथि दुव्र्यवहार र अस्पतालमा क्षति पु¥याउने पाँच जनाको नाम किटान गरी निवेदन दिँदा समेत स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएकाले बाध्य भएर आन्दोलन आह्वान गरिएको हो ।

सङ्घको आह्वानमा यहाँका सरकारी तथा निजी अस्पताल र निजी क्लिनिकसमेत बन्द गरिए पनि अस्पतालका आपत्कालीन सेवा भने सञ्चालनमा राखिएको छ ।

संघले सो घटनामा सन्दीप सिंह, यादव बस्याल, कमल शाही र महेश खतिवडा अभियुक्त भएको किटानी जाहेरी दिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबीच सो घटनाका विषयमा छलफल भइरहेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिनुभयो । अस्पतालका सेवा बन्द गरिएकाले टाढा टाढाबाट उपचारका लागि नेपालगन्ज आएका बिरामी र तिनका आफन्तले सास्ती भोग्नुपरेको छ ।

वि.सं.२०७४ साउन ३ मंगलवार १०:२१ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...