back
CTIZAN AD

के नेयमार पिएसजी जालान त ?

वि.सं.२०७४ साउन ४ बुधवार

936 

shares

neymar

४ साउन, काठमाडौँ । वार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलियन फुटबल स्टार नेयमारले वार्सिलोना छाडेर पिएसजी जाने खबरले अहिलेको फुटबल बजार तातिराखेको छ । ब्राजिलियन खबर पत्रिकाहरु अनुसार पिएसजीले नेयमारको रिलिज क्लज बराबरको रकम तिर्न तयार रहेको र नेयमार समेत पिएसजी जान तयार रहेको समेत उल्लेख गरिएको छ ।

jr neymar
स्रोतका अनुसार नेयमार वार्सामा रहँदा सधैभरि मेस्सीको छायामा परेको कारण वार्सामा सेकेन्ड म्यानको भुमिकामा रहनु पर्दा असन्तुष्ट रहेको पाइएको छ । राम्रो प्रर्दशनका बाबजुद मेस्सीले जस पाउने गरेका कारण नेयमारले वार्सा छोड्न तयार रहेको बताईएको छ ।
तर वार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टेमाउका अनुसार नेयमारले कुने हालतमा पनि वार्सा नछोड्ने बताउदै आएका छन् । नेयमारले वार्सा छाड्ने कुरा गसिपहरु मात्रै रहेको बताउदै अध्यक्ष बार्टेमेउले नेयमार वार्सामा खुशी रहेको बताएका छन् । करिब ३ हप्ता पहिला मात्र वार्सा सँग रिलिज क्लजको रकम बढाएका नेयमारले वार्सा छाड्ने कुरा निराधार रहेको बताएका छन् । अन्तमा भन्नुपर्दा अहिलेको क्लब स्थान्तरणको समयमा यस्ता समचारहरु आउनु सामान्य हो । नेयमार वार्सिलोना छाडेर पिएसजी जाने सम्भावना एकदमै कम रहेको छ । पिएसजीले वार्साले भने जति रकम दिएपनि फ्रेन्च फुटबल लिगको स्तरियतालाई लिएर बेला बेलामा प्रश्न समेत उठ्ने गर्दछ । तर्सथ नेयमारले वार्सा छाड्ने सम्भावना भने निकै कम रहेको छ ।

वि.सं.२०७४ साउन ४ बुधवार ०५:२७ मा प्रकाशित