back
CTIZAN AD

आँखा नदेखे पनि अरुको भविष्य देख्ने दाहाल

वि.सं.२०७४ साउन ५ बिहीवार

876 

shares

jyotis-dampati५ साउन, पथरी (मोरङ) । दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन् भन्दा सायदै पत्याउन सकिएला । तर, मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो ।

सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आउनुभएका महाप्रसादको कोठामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग्नेगर्छ । जन्मँदै दृष्टिविहीन जन्मनुभएका दाहाल भन्नुहुन्छ– “मैले पढेको होइन । अन्तरध्यानबाट देख्छु र भन्छु । कसको कति मिलेको छ, मलाई थाहा छैन, तर मैले गरेको भविष्यवाणी नमिलेको भए यो शहरबाट मलाई खेदाइ सक्थे होला नि !”

उहाँले थप्नुभयो–“हेराउन आउँदाभन्दा पछि हजुरले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै रहेका छन् । जसले विश्वास गर्छ उनीहरू नयाँ ग्राहक लिएर दाहालकामा पुग्ने गरेका छन् । त्यसो त महाप्रसाद मात्र होइन उहाँकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिविहीन नै हुनुहुन्छ ।

महाप्रसादले पहिले सबलांग महिलासँग बिहे गर्नुभएको थियो, तर एउटा छोरो जन्मिएपछि श्रीमती अर्कैसँग गइन् । अहिले उहाँका जेठीपट्टिका छोरा वैदेशिक रोजगारमा साउदी अरबमा छन् । जेठी श्रीमतीले छोडेपछि महाप्रसाद सहारा खोजिरहनु भएको थियो ।

त्यही क्रममा २०६६ सालमा मोरङ नेत्रहीन संघद्वारा आयोजित तीन महिने तालीममा मनकुमारीसँग भेट भयो । तालीमकै क्रममा महाप्रसादले मनकुमारीसँग हात माग्नुभयो । तर, त्यसबेला २६ वर्षकी मनकुमारीले उहाँको प्रस्ताव स्वीकार्नु भएन ।

तालीम सकिएपछि मनकुमारीले घरमै बुबा आमासँग माग्न आउन आग्रह गर्नुभयो । महाप्रसाद पनि के कम, भोलिपल्ट नै झापाको धाइजन मोडमा रहेको मनकुमारीको घर पुग्नुभयो । २०६६ फागुन १ गते वैवाहिक जीवन सुरु गर्नुभएका नेत्रहीन दाहाल दम्पती अहिले अरु सामान्य मानिस झैँ घर व्यवहार चलाएर बसिरहनु भएको छ ।

महाप्रसाद दैनिक कमाएर ल्याउनु हुन्छ, मनकुमारी खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, इष्टमित्र राख्ने सबै काम आफैँ भ्याउनु हुन्छ ।

दाहाल भन्नुहुन्छ– “ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु ।” आफन्त इष्टमित्र भएपनि कसैले केही सहयोग नगरेको उहाँहरूको भनाइ छ । उहाँहरूका आफन्त नभएका होइनन् । तर कहिलेकाहीँ आउनेबाहेक केही भरोसा छैन ।

सरकारीस्तरबाट उहाँहरूले प्रतिव्यक्ति मासिक ६÷६ सय रुपैयाँ पाउनु हुन्छ । तर त्यो पैसाले घर भाडा तिर्न पनि पुग्दैन । उहाँ भन्नुहुन्छ– “मासिक रु एक हजार ५०० घर भाडा तिर्नु पर्छ ।”

उहाँहरूसँगै डेरा गरी बस्ने विमला चौधरी र अनिता साहका अनुसार दाहालसँग ज्योतिष हेराउन आउनेले खुशीका साथ दक्षिणा गर्छन् । दैनिक दुई÷तीन जना आउने गरेको उहाँहरू बताउनु हुन्छ ।

विमलाले भन्नुभयो– “हामी तीन वर्षदेखि यही घरमा सँगै बस्छौँ । दिनमा दुई÷तीन मान्छे नआएको दिन नै हँुदैन, शनिबार र मङ्गलबार त पालो कुर्नुपर्छ ।”

वि.सं.२०७४ साउन ५ बिहीवार ०६:१९ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...