back
CTIZAN AD

विराटनगर महानगरबाट सडक स्तरोन्नतिका लागि काम शुुरु

वि.सं.२०७४ साउन ५ बिहीवार

873 

shares

biratnaar

५ साउन, पथरी (मोरङ) । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुुरु गरेको छ ।

नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्र्तगत उक्त सडक व्यवस्थित एवं पुुनःनिर्माण हुुन लागेको हो ।

चौधवटा सडकको निर्माण लागत एक अर्बभन्दा बढी रहेको छ । उक्त सडकको लम्बाइ २५ किमी रहने जनाइएको छ ।

महानगरपालिकाका विभिन्न १० वटा वडाका सडकलाई व्यवस्थित एवं विस्तार गर्न लागिएको हो । सडक विस्तारका लागि ठेक्काको कामसमेत सम्पन्न भइसकेको छ ।

विराटनगर महानगरपालिकाको वडा नं १६ देखि २० नं जोड्ने दरैयामार्ग, वडा नं १८ को जतुुवा चोकदेखि कठकुुप्पासम्म व्यवस्थित सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

त्यस्तै विराटनगर–५ को खानेपानीटंकी हुुँदै जामुुनेश्वर मार्गसम्म, वडा नं ४ को कञ्चनमार्ग, भूपूुमार्ग तथा औषधि व्यवस्था विभाग हुँुदै बिहीबारे हटियासम्म त्यस्तै वडा नं १ को नमुुनामार्ग, वडा नं २ को संसारी माईपथ तथा विराटनगर–११ को अशोक चोक जाने सडकलाई व्यवस्थित गर्न लागिएको हो ।

यसै आवमा काम सम्पन्न गर्ने गरी सडक विस्तारसँगै दुुवैतर्फ व्यवस्थित नाला र स्तरीय कालोपत्रे गरी उक्त सडकलाई विराटनगरकै नमुुना सडक बनाउनेगरी काम गर्न लागिएको महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख इन्दु कार्कीले बताउनुुभयो ।

वि.सं.२०७४ साउन ५ बिहीवार ०६:०८ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...