back
CTIZAN AD

अन्तत: मोराटाले रोजे चेल्सी

वि.सं.२०७४ साउन ५ बिहीवार

777 

shares

AlvaroMorata५ साउन, एजेन्सी  ।  स्पेनिश क्लब रियल म्याड्रिडका स्ट्राईकर अल्भारो मोराटा ईङलिश क्लब चेल्सी जाने भएका छन् । रियलमा सिमित खेल अवसरका कारण मोराटाले रियललाई छाडेर चेल्सी रोजेका हुन् । मोराटा लामो समय देखि म्यानचेष्टर युनाईटेड सँग जोडिए युनाईटेडले लुकाकुलाई भित्राएपछि मोराटाले लण्डन क्लब चेल्सी रोजेका हुन् । चेल्सीका डिएगो कोष्टा पुर्व क्लब एट्लेटिको म्याड्रिड जाने बताउदै आएका कारण चेल्सीले उनको प्रतिस्थापन स्वरुप मोराटालाई किनेको हो । स्रोतका अनुसार मोराटाले चेल्सी ५ वर्षको सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

 


चेल्सीले करिब ७० मिलियन पाउन्ड बराबरको रकममा मोराटालाई भित्राउने भएको हो । रियल म्याड्रिड तथा चेल्सीले विज्ञप्ती निकाल्दै मोराटाको मुल्यको विषयमा दुई क्लब बीच सहमति भएको जनाएका छन् । यसै गरि मोराटाले आफु चेल्सी जाने कुराले एकदमै उत्साहित रहेको बताएका छन् । मोराटाले आफुलाई धेरै माया गर्ने क्लबको सदस्य बन्न पाउँदा निकै खुसी लागेको बताएका छन् । मोराटाले आफुलाई आज सम्म सर्मथन गर्ने रियल म्याड्रिडका सर्मथक प्रति निकै आभारी रहेको समेत बताएका छन् ।
स्पेनिश यसै गरि चेल्सीका पुर्व स्ट्राईकर फर्नान्डो टोरेसले आफ्नो स्पेनिश टिममेट मोराटा चेल्सी जाने कुराले खुुसी लागेको बताउदै मोराटालाई आफुले सक्दो सहयोग गर्ने बताएका छन् । मोराटा चेल्सीले यो सिजन भित्राएको चौथो खेलाडी बन्ने भएका छन् । चेल्सीले यसअघि टिमुई बाकायोको, विल्ली काभेलारो, एन्टोनियो रुडिगरलाई किनिसकेको छ ।
गत सिजन रियलमा रहदा मोराटाले २७ खेलमा २० गोल गरेका थिए । मोराटा लामो समय बेन्चमै बिताएपनि उनी रियलका दोस्रो उच्च गोलकर्ता समेत रहेका थिए ।

वि.सं.२०७४ साउन ५ बिहीवार ०७:२५ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...