back

नेपाल अफगानिस्तानसँग भारी रनले पराजित

वि.सं.२०७४ साउन ५ बिहीवार

471 

shares
IME Limited
NTC AD

nepal

 ५ साउन, काठमाडौँ । सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ ।

अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ््याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४९ रन बनायो ।

नेपालले खराब शुरुवात ग¥यो । मात्र उन्नाइस रन बनाउँदा १०।१ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट गुमाएको थियो । पवन सर्राफले २६ रन बनाए । उनले ५२ बलको सामना गरी तीन चौका प्रहार गरे । अन्य सबै ब्याटस्म्यान अफगानिस्तानका बलससामू धरासायी भए । चारजना खेलाडी शून्यमै आउट भए ।

अफगानिस्तानका लागि मुजीब जर्दान र नवीन उल हकले चार÷चार विकेट लिए । जर्दानले नौ ओभरमा पाँच मेडन राखि मात्र सात रन खर्चे । नवीनले चार ओभरमा एक मेडन राखेर आठ रन दिए । उनले तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरी, पाँचौ बलमा प्रनित थापामगर र छैटौँ बलमा अनिल शाहलाई आउट गरी ह्याट्रिक समेत गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९।४ ओभरमा सवै विकेट गुमाउँदै १९० रन बनायो । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इव्राहिम जर्दानले ४३ रन बनाए । उनले ४१ बलको सामना गर्दै एक छक्का र पाँच चौका हाने । नविद ओवाइदले ३३, तारिक स्टाक्निजाईले २७, नविन उल हकले २० र इमरान मोहम्मदीले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शाहव आलमले तीन विकेट लिए । उनले १० ओभर बलिङ गरी ४६ रन खर्चे । सन्दिप लामिछाने र पवन सर्राफले दुई÷दुई विकेट लिए । सर्राफले सात ओभरमा दुई मेडन राखि १९ रन तथा सन्दिपले ९।४ ओभर बलिङ गर्दै दुई मेडन राखि ३० रन दिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुर तथा दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो ।

वि.सं.२०७४ साउन ५ बिहीवार ०८:२५ मा प्रकाशित

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय...