
५ साउन, एजेन्सी । स्पेनिश कलब रियल मयाड्रिडबाट चेल्सी जान लागेका स्ट्राईकर मोराटालाई रियल म्याड्रिडका खेलाडीहरु तथा प्रशिक्षक जिनेदिन जिदानले मोराटालाई ट्रेनिङ ग्राउन्ड बाट नै विदा गरेका छन् । प्रि सिजन टुरको लागि अमेरिका रहेका मोराटा रियल छाडेर चेल्सीको मेडिकलको लागि ईङल्यान्ड जानुपुर्व मोराटालाई रियलका खेलाडीले विदाई गरेका हुन् ।
रियले ७० मिलियन पाउन्ड बराबरको रकममा मोराटालाई चेल्सीमा बेचेको हो । मोराटाले लण्डन क्लब चेल्सी सँग ५ वर्षको सम्झौतामा हस्ताक्षर गर्दै छन् ।
वि.सं.२०७४ साउन ५ बिहीवार ०९:०५ मा प्रकाशित