back
CTIZAN AD

कलाकार प्रधानलाई चौथो पटक किमो

वि.सं.२०७४ साउन ७ शनिवार

1K 

shares

७ साउन,काठमाडौँ। भोजन नलीको अर्बुद रोगबाट पीडित चित्रकलाकार सुरेन्द्र प्रधानलाई शुक्रबार साँझ चौथो पटक केमोथेरापी(रसायन चिकित्सा) दिइएको छ ।

सर जेजे स्कुल अफ आर्ट, बम्बइ भारतबाट स्नातक बाउन्न वर्षीय प्रधान करिब दुई महिनादेखि नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि ललितपुरमा उपचाररत हुनुहुन्छ । उहाँ चित्रकारितामा घनवाद र दृष्टान्त कलाकारितामा सक्रिय हुनुहुन्छ । उहाँले मुहार चित्रमा पनि विशेष तालिम लिनुभएको छ । “ किमोपछि सुधार भएको महसुस गरेको छु ” प्रधानले  भन्नुभयो । उहाँले पाइपबाट नै खाना खाइरहनुभएको छ ।
काठमाडौँ र स्विट्जरल्यान्डमा धेरै पटक एकल चित्र प्रदर्शनी गर्नुभएका प्रधान नेपाल, भारत, बंगलादेश र फ्रान्समा पनि सामूहिक चित्रकलामा सहभागी भइसक्नुभएको छ ।
नेपाल वाटरकलर सोसाइटीका सदस्य प्रधानलाई उपचारमा सहयोगका लागि आधुनिक कलाकार समाज (सोमा), वाटरकलर सोसाइटी, ललितकला हातेमालो अभियान, नेपाल इन्टरनेसन वाटरकलर सोसाइटीलगायतबाट रकम प्रदान भएको सोमाका सदस्य जीवन राजोपाध्यायले जानकारी दिनुभयो ।

वि.सं.२०७४ साउन ७ शनिवार ०४:२५ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...