back
CTIZAN AD

सडक ऐन मिचेर बनाइएका भौतिक संरचना हटाउन आग्रह

वि.सं.२०७४ साउन ७ शनिवार

768 

shares

७ साउन, इलाम। इलाम नगर कार्यपालिकाको पहिलो बैठकले नगर नियमावली र बैठक सञ्चालन कार्यविधि स्वीकृत गरेको छ ।

नगर कार्यपालिकाको बैठकले नेपालको संविधान को भाग १७ को धारा २१६ बमोजिम नगर नियमावली २०७४, कार्यविभाजन २०७४ र बैठक सञ्चालन कार्यविधि २०७४ लगायत स्वीकृत गरेको छ ।

नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले प्रसूति स्याहार खर्चसम्बन्धी प्रतिवेदनका लागि उपप्रमुख सुशीला नेम्वाङको संयोजकत्वमा तीन सदस्यीय समिति र श्यामकृष्ण घिमिरेको संयोजकत्वमा तीन सदस्यीय मजदुर बीमा व्यवस्था समिति गठन गरेको छ ।

त्यसैगरी २०७२ चैत मसान्तअघि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने घरवारविहीन दलित समुदायको पुनःस्थापनाका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी ठाकुरनारायण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

नगरभित्रका जग्गा व्यावसायिक योजना बनाई नगरपालिकाबाट स्वीकृत गरेर मात्र चक्लाबन्दी गर्न पाइने भएको छ । त्यस्तै सार्वजनिक सडक ऐन २०३१ लाई मिचेर बनाइएका मेची राजमार्ग क्षेत्रका अवैध भौतिक संरचना हटाउन सडक डिभिजन कार्यालयलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

वि.सं.२०७४ साउन ७ शनिवार ०४:२६ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...