back
CTIZAN AD

अपाङ्गलाई प्रवासीको रु तीन लाख सहयोग

वि.सं.२०७४ साउन ९ सोमवार

669 

shares

९ साउन,बाबियाचौर,म्याग्दी । बेनी नगरपालिका–२ का अपाङ्गता भएका ३४ वर्षीय कृष्णबहादुर घिमिरेलाई आइतबार रु तीन लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

विसं २०६१ फागुनमा बाँसको रूखबाट लडेर घाइते भएपछि दाढदेखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जीवन बिताइरहेका घिमिरेलाई प्रवासमा रहेका ज्यामरुककोटका युवा र स्थानीय व्यक्तिको पहलमा संकलित रु तीन लाख आठ हजार ९२५ हस्तान्तरण गरिएको हो ।

घिमिरेको निवासमा वडाध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुँवरले राजनीतिक दलका प्रतिनिधि र आफन्तको रोहवरमा विदेशबाट प्राप्त रु दुई लाख ९० हजार ७२४ को भौचर र स्थानीय स्तरमा संकलित रु १८ हजार २०१ नगद हस्तान्तरण गर्नुभयो ।

देवेन्द्र घिमिरेको अगुवाइमा सञ्चालित कृष्ण घिमिरे सहयोग संकलन अभियानमा दुबईमा प्रदीप सुवेदी, जापानमा राजकुमार कार्की, दक्षिण कोरियामा काशीराम घिमिरे र भूमिराज कार्की, साउदी अरबमा सुनिल सापकोटा, अस्टे«लिया, इजरायल र अमेरिकामा दानेन्द्र थापा तथा बहराइनमा भरत रत्नले समन्वय गर्नुभएको थियो । अपाङ्गता भएका घिमिरेको जीविकोपार्जन, औषधि उपचार र सन्तानको शिक्षामा सघाउ पु¥याउनका लागि प्राप्त भएको रकम उनी, श्रीमती र कान्छा छोराको नाममा रहेको बैंक खातामा जम्मा गरिएको छ ।

वि.सं.२०७४ साउन ९ सोमवार ०४:२१ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...