back
CTIZAN AD

सवारी दुर्घटनामा परी दुई दर्शनार्थीको मृत्यु

वि.सं.२०७४ साउन ९ सोमवार

924 

shares

९ साउन,पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्ँिटदा दुई जनाको मृत्यु भएको छ ।

भारतबाट दर्शनार्थी बोकी आएको ना५त ३६३० नंको ट्याक्टर राति १२ः१५ बजे गाउँपालिका–५ सोलखपुरमा अनियन्त्रित भई पल्ँिटदा ट्याक्टरमा सवार रहेका भारत विहार पश्चिमी चम्पारण रक्सौलको पंटोका निवासी ५० वर्षीय महेन्द्र पाश्वान र ९ वर्षीया पूजा कुमारीको मृत्यु भएको हो ।

पर्साको पटेवासुगौली गाउँपालिकामा रहेको दुधेश्वर महादेवको दर्शन गर्न भारतबाट दर्शनार्थी बोकी आएको उक्त नम्बरको ट्याक्टर पल्ँिटदा ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका महेन्द्र र पूजाको उपचारका क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

सवारी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेको २५ मध्ये नौजना घाइते भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । घाइते सबैको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ट्याक्टर चालक बुनिलाल राम र उनकी श्रीमती सोभार रामको आवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतक पाश्वन र पूजाको शवपरीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा रखिएको प्रहरीले बताएको छ । रासस

वि.सं.२०७४ साउन ९ सोमवार ०४:२० मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...