Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

सवारी दुर्घटनामा परी दुई दर्शनार्थीको मृत्यु



९ साउन,पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्ँिटदा दुई जनाको मृत्यु भएको छ ।

भारतबाट दर्शनार्थी बोकी आएको ना५त ३६३० नंको ट्याक्टर राति १२ः१५ बजे गाउँपालिका–५ सोलखपुरमा अनियन्त्रित भई पल्ँिटदा ट्याक्टरमा सवार रहेका भारत विहार पश्चिमी चम्पारण रक्सौलको पंटोका निवासी ५० वर्षीय महेन्द्र पाश्वान र ९ वर्षीया पूजा कुमारीको मृत्यु भएको हो ।

पर्साको पटेवासुगौली गाउँपालिकामा रहेको दुधेश्वर महादेवको दर्शन गर्न भारतबाट दर्शनार्थी बोकी आएको उक्त नम्बरको ट्याक्टर पल्ँिटदा ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका महेन्द्र र पूजाको उपचारका क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

सवारी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेको २५ मध्ये नौजना घाइते भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो । घाइते सबैको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ट्याक्टर चालक बुनिलाल राम र उनकी श्रीमती सोभार रामको आवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतक पाश्वन र पूजाको शवपरीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा रखिएको प्रहरीले बताएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी