back
CTIZAN AD

माथिल्लो त्रिशूली थ्री ‘ए’को ठेकेदार कम्पनी काममा फर्कियो

वि.सं.२०७४ साउन ९ सोमवार

594 

shares

९ साउन, नुवाकोट । भूकम्पले क्षति पु¥याएपछि निर्माणमा अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण गर्ने कार्यक्षेत्रमा ठेकेदार कम्पनी चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) फर्किएको छ ।

आयोजनाको बाँधक्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जाँच र अध्ययनको काम हालै सुरु गरेको हो । कम्पनीले क्षतिको जाँच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम सुरु गरेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो ।

“ठेकेदार कम्पनीले भूकम्पपछिको क्षतिको विभिन्न समयमा विज्ञ ल्याएर अध्ययन गरी लगत सङ्कलन गरेको थियो”–आयोजना प्रमुख जोशीले भन्नुभयो, “अहिले विज्ञसहित कामदार समेत ल्याएर काम सुरु गरेकाले आयोजनाले गति लिन थालेको छ ।”

ठेकेदार कम्पनी सिजिजिसीले डिसेन्डर (पानी थिग्रयाउने पोखरी) को पानी हटाएर त्यसको परीक्षण गरी पुननिर्माण अर्थात मर्मतका लागि जाँच गरेको छ । विज्ञहरुले डिसेन्डर र सुरुङमार्ग (टनेल)मा भूकम्पले पु¥याएको क्षतिपछि अवरुद्ध भएकोमा सो खुलाउन अध्ययन सुरु गरेको आयोजना प्रमुख जोशीले बताउनुभयो ।

सन् २०११ को जुन महिनादेखि काम शुरु गरिएको ६० मेगावाट क्षमताको आयोजना २०१४ को मे ३१ मा काम सम्पन्न गर्नुपर्ने भएपनि क्षमता वृद्धि तथा निर्माणमा स्थानीयबासीको अवरोधको कारण देखाएर तोकिएको समयमा पूरा हुन ढिलाइ भएको थियो ।

पहिलो पटक २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा काम सक्ने जिम्मेवारी पाएको कम्पनीले सो मिति अर्थात २०७३ जेठ १६ मा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि भूकम्पका कारण ठोकेदार कम्पनीले काममा फर्कन ढिलाइ गर्दा आयोजना नै अन्योल भएको थियो । आयोजनाको निर्माण गर्न चिनियाँ कम्पनीले आठ करोड ९१ लाख अमेरिकी डलरमा जिम्मा पाएको हो । वित्तीय व्यवस्थापनका लागि ऋणदाता चिनियाँ एक्जिम बैंकसँगको ऋण सम्झौता सन् २०१६ मे १८ बाट पूरा भएकाले समयमा नवीकरण नहुँदा वित्तीय व्यवस्थापन पनि अन्योलमा छ ।

ऋण सम्झौता नवीकरण नहुँदा आयोजनाको प्रशारण लाइनको जिम्मा पाएको चिनियाँ कम्पनी सीडब्लुइले समेत काम छाड्ने चेतावनी दिँदै आएको छ । नुवाकोटको सिम्लेदेखि काठमाडौँको मातातीर्थसम्मको ४५ किमी दूरीमा १४२ वटा टावर निर्माण गर्नुपर्ने प्रशारण लाइनको काम हाल एक तिहाई मात्र भएको छ ।

वि.सं.२०७४ साउन ९ सोमवार ०३:५७ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...