back
CTIZAN AD

केन्द्रको विवादलाई लिएर झडप हुँदा स्वास्थ्य चौकी तोडफोड, तीन घाइते

वि.सं.२०७४ साउन १२ बिहीवार

660 

shares

१२ साउन, दुनै डोल्पा । डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किएको छ ।केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् । यसभन्दा पहिले गाँउकार्यपालिकाले निलदहलाई गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । बहुमतले पारित गरेको निर्णय आफूहरुका लागि अमान्य भएको भन्दै वडा नं ६ नर्कूका स्थानीयले साबिकको नर्कू गाविसमा नै केन्द्र बनाइनुपर्ने भन्दै तोडफोड गरेका हुन् ।

इलको राजिकुम्दामा रहेको स्वास्थ्य चौकीको भवनमा बैठक बसेको बेला वडा नं ६ का स्थानीयले ढुङ्गामुढा गरेपछि स्थानीय तीनजना घाइते भएका र स्वास्थ्य चौकीको जस्तापाता, झ्याल, सीसा सबैमा क्षति पुगेको इलाका प्रशासन कार्यालय, इलले जानकारी दिएको छ ।

घाइते हुनेमा मुड्केचुला गाउँपालिका वडा नं ३ का कपिलदर बोहोरा, वडा नं ४ नर्कुका हर्क बुढा र विष्णु बुढा रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

नर्कुका स्थानीयले हातपात गर्न खोजेपछि गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित सातजना र कार्यकारी अधिकृत इलाका प्रशासन कार्यालयमा सुरक्षित रहेको त्यहाँका कर्मचारी मीनराज बुढाले जानकारी दिनुभयो ।

मुड्केचुला गाउँपालिकाको आव २०७४÷०७५ को बजेट पारित भएको भएपनि वडा नं ६ का स्थानीयले बजेट आफूहरुलाई मान्य नहुने भन्दै फेरि बजेट पारित गर्नुपर्ने, नभए गाउँपालिकाको केन्द्र आफूहरुले भनेको स्थानमा हुनैपर्ने माग राखेका छन् ।

जनताले माग राख्नु स्वाभाविक भएको र छिट्टै राजनीतिक सहमतिबाट समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले बताउनुभयो ।

गाउँपालिकाको केन्द्रका विषयमा नै विवाद चर्किएपछि सेवा प्रवाहमा कठिनाइ देखिएको छ । बहुमतले पारित गरेको केन्द्र केही वडाले नमानेपछि विवाद चुलिएको हो । सबैको पायक पर्ने सुरक्षित र भरपर्दो ठाउँमा सहमतिबाटै केन्द्र तोक्न आग्रह गरिएको नेकपा ९एमाले०का बैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले बताउनुभयो ।

वि.सं.२०७४ साउन १२ बिहीवार ०४:३१ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...