back
CTIZAN AD

‘वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा’ सार्वजनिक

वि.सं.२०७४ साउन १६ सोमवार

1K 

shares

१६ साउन, काठमाडौँ । नेपाली भाषाका व्याकरणविद् डा बलदेव शर्मा अधिकारीद्वारा लिखित ‘वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा’ पुस्तक सार्वजनिक भएको छ ।

नेपाली भाषासम्बन्धी पर्याप्त भाषा वैज्ञानिक प्रमाण र तर्क समेटिएको सो अनुसन्धनात्मक पुस्तक दुई अध्यायमा विभाजित छ । पहिलो नेपाली वर्णविन्यासको वैज्ञानिक परम्परा र दोस्रो अध्यायमा स्थापित र वैज्ञानिक नेपाली वर्णविन्यास–परम्परा भत्काउने भूमिकामा त्रिविका केही प्राध्यापकको विषयलाई उठान गरिएको छ ।

‘पहिलो मानक शब्दकोषबाट स्थापित मान्यतामा लेखिएको वर्णविन्यास मूल र अपरिवर्तनीय हुनुपर्छ, कालक्रममा आएको सर्वसम्मत वर्णविन्यासलाई पनि वैकल्पिक मान्यता प्रदान गरेर मानक शब्दकोष बनाउनुपर्छ’ भन्ने निष्कर्ष रहेको यो पुस्तक नेपालीबाहेक संस्कृत, अंग्रेजी, हिन्दी आदि भाषाका वर्ण विन्यास–परम्परासम्बन्धी जानकारीका लागि पनि पठनीय रहेको छ ।

उक्त पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली भाषाका विद्वानले नेपाली भाषा र संस्कृतिको विकासका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । संस्कृतिविद् डा जगमान गुरुङले प्रगतिशीलताको नाममा नेपाली भाषा विज्ञले भाषा बिगारेको भन्दै भाषा संरक्षणमा संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली भाषा र नेपाली राष्ट्रियतालाई कसरी जोगाउने चुनौतिपूर्ण छ भन्दै उहाँले भाषा, संस्कृति संरक्षण तथा प्रवद्र्धनमा सरकारले विशेष चासो दिनुपर्ने खाँचो औँल्याउनुभयो । परराष्ट्रविद् डा जयराज आचार्यले पुर्खाले सिर्जना गरेको भाषा संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भाषा तथा संस्कृतिविद् जगमान गुरुङ जस्ता विद्वानको विचारलाई ‘अडियो क्यासेट’मा रेकर्ड गरेर नयाँ पुस्तालाई प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली भाषा साहित्य क्षेत्रका ज्ञाता तथा स्रष्टाको उल्लेख्य सहभागिता थियो । दिनेश रिजालले प्रकाशन गर्नुभएको २०८ पृष्ठको सो पुस्तकको मूल्य रु ४२५ रहेको छ ।

वि.सं.२०७४ साउन १६ सोमवार ०४:०८ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...