back

‘वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा’ सार्वजनिक

वि.सं.२०७४ साउन १६ सोमवार

684 

shares
IME Limited
NTC AD

१६ साउन, काठमाडौँ । नेपाली भाषाका व्याकरणविद् डा बलदेव शर्मा अधिकारीद्वारा लिखित ‘वर्ण–विन्यास–विज्ञानभित्र नेपाली भाषा’ पुस्तक सार्वजनिक भएको छ ।

नेपाली भाषासम्बन्धी पर्याप्त भाषा वैज्ञानिक प्रमाण र तर्क समेटिएको सो अनुसन्धनात्मक पुस्तक दुई अध्यायमा विभाजित छ । पहिलो नेपाली वर्णविन्यासको वैज्ञानिक परम्परा र दोस्रो अध्यायमा स्थापित र वैज्ञानिक नेपाली वर्णविन्यास–परम्परा भत्काउने भूमिकामा त्रिविका केही प्राध्यापकको विषयलाई उठान गरिएको छ ।

‘पहिलो मानक शब्दकोषबाट स्थापित मान्यतामा लेखिएको वर्णविन्यास मूल र अपरिवर्तनीय हुनुपर्छ, कालक्रममा आएको सर्वसम्मत वर्णविन्यासलाई पनि वैकल्पिक मान्यता प्रदान गरेर मानक शब्दकोष बनाउनुपर्छ’ भन्ने निष्कर्ष रहेको यो पुस्तक नेपालीबाहेक संस्कृत, अंग्रेजी, हिन्दी आदि भाषाका वर्ण विन्यास–परम्परासम्बन्धी जानकारीका लागि पनि पठनीय रहेको छ ।

उक्त पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली भाषाका विद्वानले नेपाली भाषा र संस्कृतिको विकासका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । संस्कृतिविद् डा जगमान गुरुङले प्रगतिशीलताको नाममा नेपाली भाषा विज्ञले भाषा बिगारेको भन्दै भाषा संरक्षणमा संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली भाषा र नेपाली राष्ट्रियतालाई कसरी जोगाउने चुनौतिपूर्ण छ भन्दै उहाँले भाषा, संस्कृति संरक्षण तथा प्रवद्र्धनमा सरकारले विशेष चासो दिनुपर्ने खाँचो औँल्याउनुभयो । परराष्ट्रविद् डा जयराज आचार्यले पुर्खाले सिर्जना गरेको भाषा संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भाषा तथा संस्कृतिविद् जगमान गुरुङ जस्ता विद्वानको विचारलाई ‘अडियो क्यासेट’मा रेकर्ड गरेर नयाँ पुस्तालाई प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली भाषा साहित्य क्षेत्रका ज्ञाता तथा स्रष्टाको उल्लेख्य सहभागिता थियो । दिनेश रिजालले प्रकाशन गर्नुभएको २०८ पृष्ठको सो पुस्तकको मूल्य रु ४२५ रहेको छ ।

वि.सं.२०७४ साउन १६ सोमवार ०४:०८ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...