back
CTIZAN AD

चिकित्सकमाथि हातपात गर्ने दुई युवक पक्राउ

वि.सं.२०७४ साउन १६ सोमवार

741 

shares

१६ साउन, पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आइतबार प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।

उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ नगवाका अखतर हवारी र निरञ्जन पटेललाई पक्राउ गरेको हो ।

नगवा निवासी गर्भवती महिला सायरा खातुनको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै पटेल र हवारीले अस्पतालको प्रसुती वार्डमा प्रवेश गरी स्त्री रोग विशेषज्ञ डा चन्दनी पाण्डे र स्टार्फ नर्स ज्योति चौधरीलाई हातपात गरेको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहले जानकारी दिनुभयो । अस्पतालको प्रसुती वार्डमा रहेको ढोका तोडी पटेल र हवारी प्रवेश गरी चिकित्सक तथा नर्समाथि हातपात गरेपछि आवश्यक कारबाहीका लागि प्रहरी बोलाई युवकलाई पक्राउ गर्न लागाएको डा साहले बताउनुभयो ।

प्रशव वेदनाबाट पीडित रहेकी खातुन गए राति उपचार गराउन अस्पतालमा आउँदा उनको युट्रेसको मुख खुल्ला नभएको कारण घर फिर्ता पठाएको थियो । घर गएकी खातुनले बिहान घरमै मृत बच्चा जन्माएपछि चिकित्सको लापरबाहीको कारण नवजात शिशुको मृत्यु भएको पक्राउ परेका युवकको आरोप रहेको मेसु साहले बताउनुभयो ।

अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात तथा दुव्र्यवहार गर्ने युवकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन गरिएको मेसु साहले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै युवकलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिको प्रहरी निरीक्षक अनिश कर्णले बताउनुभयो । उनीहरुमाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ ।

वि.सं.२०७४ साउन १६ सोमवार ०४:०४ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...