back
CTIZAN AD

अन्तरघातले पार्टीको सैद्धान्तिक आस्थामाथि नै प्रश्न उठ्यो : मन्त्री बलायर

वि.सं.२०७४ साउन १६ सोमवार

852 

shares

१६ साउन, भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले स्थानीय निर्वाचनमा देखिएको अन्तरघातले पार्टीको सैद्धान्तिक आस्थामाथि नै प्रश्न चिह्न खडा गरेको बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुरले साउन १५ गतेको अवसरमा आइतबार यहाँ आयोजना गरेको खिर विशेष कार्यक्रममा मन्त्री बलायरले बलिदान र संघर्षको प्रयाय बनेको काँग्रेसभित्र अन्तरघातको खेल हुनु दुःखद भएकाले अन्तरघातीलाई जरैदेखि उखालेर फाल्नुपर्ने बताउनुभयो ।

उहाँले अन्तरघात गर्नेलाई पार्टीमा कहिले पनि फर्कन नसक्ने गरी कारबाही गर्नुपर्ने बताउनुभयो । “३६४ दिन काँग्रेस बन्ने तर आवश्यकता पर्दा काँग्रेस बन्न नसक्ने कार्यकर्ता अब पार्टीलाई चाहिँदैन,” उहाँले भन्नुभयो ।

मन्त्री बलायरले स्थानीय तहको निर्वाचनमा अङ्क गणितीय हार भए पनि सैद्धान्तिकरुपमा काँग्रेसको जित भएको जिकिर गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकामा देखिएको सडकको समस्यालाई छिट्टै समाधान गर्न स्वयम् प्रत्यक्ष रुपमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले पार्टीको वडा र गाउँ तहको एकाई कमजोर भए संगठन नै कमजोर हुने भएकाले वडा र गाउँ एकाईलाई संगठित गर्न पार्टी सक्रिय हुनुपर्ने सुझाव दिनुभयो । जिल्ला सभापति दुर्लभ थापाले स्थानीय तहको निर्वाचनमा केही प्राविधिक समस्याका कारण हार व्यहोर्नु परेको भन्दै त्यसलाई निराकरण गर्न जिल्लाले वडावडामा प्रतिनिधि खटाएको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिको सुझावका आधारमा संगठनलाई नयाँ शिराबाट संगठित गर्दै प्रदेश र संघीय संसद्को निर्वाचनमा जित हासिल गर्ने दाबी गर्नुभयो ।

वि.सं.२०७४ साउन १६ सोमवार ०४:०३ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...