back
CTIZAN AD

सुनसरीका नौजना किसान पुरस्कृत

वि.सं.२०७४ साउन २० शुक्रवार

621 

shares

१९ साउन, इनरुवा । सुनसरी जिल्लाका नौजना किसान पुरस्कृत भएका छन् । जिल्लामा उत्कृष्ट रुपमा पशुपालन गरेको र घाँसको बीउ उत्कृष्ट उत्पादन गरेको भन्दै नौजना किसानलाई पुरस्कृत गरिएको हो ।

जिल्ला पशुसेवा कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा बिहीबार एक कार्यक्रमको आयोजना गरेर किसानलाई पुरस्कृत गरेको कार्यालयका रामप्रसाद मेहताले जानकारी दिनुभयो । कार्यालयले गाईपालनतर्फ मातृभूमि एग्रिकल्चर एण्ड फार्मिङका बिष्णुकुमार सुनुवार, भैँसीपालनतर्फ शुभप्रभात पशुपालन कृषि फार्म बराह नगरपालिका–८ का खड्गबहादुर बिष्ट, बाख्रापालनतर्फ बी एण्ड बी एग्रिकल्चर, रामधुनी नगरपालिका–४ का जगबहादुर राउत, बँगुरपालनतर्फ भवानी बँगुर फार्म इटहरी–१९ का बमबहादुर गिरीलाई पुरस्कृत गरिएको कार्यालय प्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

त्यसैगरी, टर्की पालनतर्फ दुर्लभ पोल्ट्री फार्म, बराह नगरपालिका–१० का अर्जुन अधिकारी, बहुभाषिक घाँस उत्पादनतर्फ ठूले मोहर कृषि फार्म, रामधुनी नगरपालिका–८ का कोपिला कार्की, हिउँदे घाँस उत्पादनतर्फ कुशवाहा खाद्यबिज भण्डार तथा मिलन गौ फार्मलाई, कन्ट्याक्ट फार्मिङतर्फ इनरुवा–२ का नरेश मेहता र हिउदे घाँसतर्फ पशुपालन तथा घाँस उत्पादन समूह इनरुवा–२ लाई पुरस्कृत गरेको कार्यालय प्रमुख महतोले जानकारी दिनुभयो ।

पुरस्कृत भएका सबै किसानलाई नगद रु दश हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको आयोजकले जनाएका छन् । पुरस्कृत भएकालाई कार्यक्रमका प्रमुख अतिथि तथा सांसद सीताराम मेहता, इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

वि.सं.२०७४ साउन २० शुक्रवार ०३:२१ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...