back
CTIZAN AD

नेयमारको ख्याति दुई वर्षभित्र दोब्बर हुनेछ : पीएसजी अध्यक्ष

वि.सं.२०७४ साउन २१ शनिवार

651 

shares

neymar1 पेरिस (फ्रान्स) । क्लब परिवर्तनका लागि विश्व रेकर्ड कायम गरेका ब्राजिलियाली विश्व प्रसिद्ध फुटबल खेलाडी नेयमारको ख्याति आगामी दुई वर्षभित्र दोब्बर हुने पेरिस साँ जाँमा (पीएसजी) का अध्यक्ष नासेर अल खेलाफीले शुक्रबार बताउनुभएको छ ।

नेयमारलाई स्पेनी फुटबल क्लब, बार्सिलोनाबाट दुई करोड ६४ लाख अमेरिकी डलर बराबरको क्लब स्थानान्तरण शुल्क तिरेर पीएसजीले भित्र्याएको हो । यो स्थानान्तरण लागत अहिलेसम्मकै उच्च शुल्क हो ।

पच्चीस वर्षीय ब्राजिलियाली फुटबल अग्रपंक्तिका खेलाडीको स्पेनी क्लबबाट हुने स्थानान्तरण शुल्कले विश्वलाई आश्चर्यमा पारेको छ ।

यस पहिलेको रेकर्डमा स्थानान्तरण शुल्क सबैभन्दा बढी फ्रान्सका नागरिक पाउल पोग्बालाई मेनचेस्टर युनाइटेडले गरेको थियो । उक्त शुल्क नेयमारको अहिलेको शुल्को तुलनामा आधा कम रहेको थियो ।

शुक्रबार नेयमारको साथमा पत्रकारसम्मेलनमा सहभागी हुनुभएका अल खेलाफीले भन्नुभयो, विश्वमा दुई नेयमार छैनन । आगामी दुई बर्षमा हामी भेट हुँदा नेयमारको मूल्य (ख्याती) कति हुनेछ भन्ने विषयमा तपाईहरूलाई म बताउन चाहन्छु । हेर्दै जानोस् । कम्तीमा पनि दोब्बर हुनेछ ।”

त्यसैगरी नेयमारले पीएसजीसँगको अनुबन्ध भएपछि बोल्दै पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै भन्नुभयोे, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु । मेरा नयाँ समूहका साथीहरूलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु ।”

उहाँले बार्सिलोनालाई छोड्ने निर्णय लिन निकै कठीन भएको जनाउँदै क्लब र क्लब सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको थियो ।

पीएसजी गत च्याम्पियन्स लिगमा अन्तिम आठमा परेको थियो ।

हप्तौँदेखिको अनुमानपछि नेयमारले बुधबार बार्सिलोनामा अभ्यासका लागि पुगे पनि सोही दिन स्पेनको बार्सिलोना क्लबलाई छाड्ने बताउनुभएको थियो ।

बार्सिलोनाले नेयमारलाई आफ्नो भविष्य रोज्ने छुट भएको बताए पनि उहाँले बार्सिलोना क्लब छोड्दा तिर्नुपर्ने रकमका विषयमा भने निकै विवाद देखिएको थियो ।

वि.सं.२०७४ साउन २१ शनिवार ०४:३४ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...