back
CTIZAN AD

ढुंगा लागेर वेलायती नागरिकको मृत्यु

वि.सं.२०७४ साउन २७ शुक्रवार

729 

shares

२७ साउन,म्याग्दी । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एकजना पर्यटकको मृत्यु भएको छ ।

मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४ बाट अगाडि बढ्दै गर्दा २२ वर्षीय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट कम्मा कथरिना फुलरटनको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ ।

भिरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी उनको उद्धार गरी लेते स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको घाँसा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक गोपालबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार फुलरटन आफ्नो दाइ र पथपदर्शकको साथमा भम्रणमा आएकी थिइन् । यसैबीच सोही घोप्टेभिर क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेरे म्याग्दीको मंगला–५ का ४० वर्षका सवारी चालक दलबहादुर फगामी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा लगिएको छ ।

वि.सं.२०७४ साउन २७ शुक्रवार ०८:०९ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...