back
CTIZAN AD

कार्पेट निर्यात संघको अध्यक्षामा गुरुङ

वि.सं.२०७४ साउन २७ शुक्रवार

744 

shares

२७ साउन,काठमाडौँ । नेपाल कार्पेट निर्यात संघको आज यहाँ भएको १२औँ साधारणसभाले १८ सदस्यीय नयाँ कार्यसमितिलाई निर्विरोध चयन गरेको छ ।

कार्यसमितको अध्यक्षमा रामबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष दीपक बज्राचार्य, प्रथम उपाध्यक्ष प्रमोदराज सत्याल, द्वितीय उपाध्यक्ष समीरविक्रम शाह, तृतीय उपाध्यक्ष दावा शेर्र्पा, महासचिव तेन्जिङ शेर्पा, कोषाध्यक्ष दानबहादुर चन्द र सहकोषाध्यक्षमा निदेश अधिकारीलाई चयन गरिएको छ ।

यसैगरी बलराम गुरुङ, मनोज अमात्य र देवनन्द सरबगीलाई सचिवमा तथा नर्वु लामा, छेवाङ लामा, रामगोपाल घिमिरे, महेश अर्याल, मानकुमार तामाङ, राजेन्द्रकृष्ण जोशी र सांगेल शेर्पा सदस्यमा चयन हुनुभएको छ ।

संघले वार्षिक पाँच लाख मिटर गलैँचा अमेरिका, युरोप, अफ्रिकालगायत मुलुकमा निर्यात गर्दै आएको छ । गलैँचा उद्योगबाट स्थानीयस्तरमा ठूलो रोजगारी तथा स्वदेशी वस्तुको उपयोग गरी ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्दै आएको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

“यति धेरैलाई रोजगारी प्राप्त भएपनि अहिलेसम्म सहुलियत ऋण तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणका लागि सरकारको ध्यान जान सकेको छैन,” उहाँले भन्नुभयो ।

वि.सं.२०७४ साउन २७ शुक्रवार ०८:१४ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...