
२८ साउन, एजेन्सी । स्पेन तथा रियल म्याड्रिडका सुपर स्टार ईस्कोले रियलसँग सम्झौता नवीकरण गरेको दावी स्पेनिश मिडियाहरुले गरेका छन् । निकै राम्रो प्रर्दशन गर्दै आएका ईस्कोले रियलसँगको सम्झौता गरेका हुन् । रियलको उपाधि यात्रामा निर्णायक बन्दै आएका ईस्को नया सम्झौता अनुसार सन् २०२३ सम्म रियलमै रहने भएका हुन् ।
सपेनिश पब्लिेकशन गोल डाएरोका अनुसार नयाँ सम्झौता अनुसार ईस्कोले वार्षिक ६० लाख युरो बराबरको रकम पाउने भएका हुन् । यस्तै ईस्कोको रिलिज कलज समेत ७०० मिलियन युरो राखिएको डायरोले जनाएको छ । पछिल्ला दिनहरुमा निकै गतिलो प्रर्दशन गर्दै आएका ईस्कोलाई किन्न ईङलिश क्लब तथा प्रतिद्वन्दी क्लब वार्सिलोनाले समेत पटक पटक ताकेता गर्दै आएको थियो । अब कुनै क्लबले ईस्कोलाई लान चाहेको खण्डमा ७०० मिलियन युरो बराबरको रकम तिर्नु पर्ने छ ।
रियलको उपाधि यात्रामा निकै ठुलो भुमिका खेलेका ईस्कोलाई रियलले नया सम्झौतामा राख्नुले रियलको प्रर्दशन आगामी दिनमा अझै सुध्रिने अपेक्षा गरिएको छ ।
वि.सं.२०७४ साउन २८ शनिवार १०:२५ मा प्रकाशित