
२८ साउन, एजेन्सी । प्रिमियर लिग अन्र्तगत आज ७ खेल हुदैँ छन् । नया सिजनको पहिलो खेल अन्र्तगत अहिले वार्टफोड र लिभरपुल खेलिरहेका छन् ।
यस्तै बेलुका ७: ४५ बजे चेल्सीले घरेलु मैदानमा बन्र्लीको सामना गर्दै छ । यस्तै ७:४५ बजे नै क्रिस्टल प्यालेसले हर्डसफिल्ड टाउनको सामना गर्दै छ । त्यस्तै एर्भटन र स्टोक सिटी, साउथह्याम्टन र स्वान्सी सिटी, वेष्ट ब्रोम र बर्निमाउथको सामना गर्दै छ ।
आज हुने अन्तिम खेलमा राति सवा दस बजे ब्रिटनले एण्ड होभ अल्विोअनले म्यान्चेष्टर सिटीको सामना गर्दै छ । हिजो भएको खेलमा आर्सनलले लेईस्टर सिटीलाई 4 -3 गोल अन्तरले हराएको थियो ।
वि.सं.२०७४ साउन २८ शनिवार १२:२४ मा प्रकाशित