back

दुईदिनदेखि विद्युत् र टेलिफोन अवरुद्ध

वि.सं.२०७४ साउन २९ आइतवार

510 

shares
IME Limited
NTC AD

 २९ साउन, गाईघाट (उदयपुर)। शुक्रबार बेलुकीदेखि आएको वर्षाले सुनसरीको इटहरीमा रहेको क्षेत्रीय टेलिकम सेवा कार्यालयको टावरमा गडबडी भएपछि उदयपुर जिल्लामा पनि दुईदिनदेखि मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिफोन तथा मोबाइल सेवासमेत अवरुद्ध हुँदा स्थानीयवासी तथा पत्रकार सञ्चारकर्मीसमेत समाचार संकलन गर्नमा हैरानी पर्न थालेको उदयपुरका पत्रकार भक्तिविलास पोखरेलले बताउनुभयो ।

दुईदिनदेखि टेलिफोन सेवा सञ्चलन हुन नसक्दा तराईका केही जिल्ला र उदयपुरवासी टेलिफोन तथा मोबाइल सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासी बताउँछन् ।

आजदेखि टेलिकम सेवा सञ्चालन हुन सक्ने आफूहरुले जानकारी पाएको कुरा जिल्ला टेलिकम कार्यालय, गाईघाटले बताएको छ ।

यस्तै, निरन्तर वर्षाका कारण उदयपुर र सप्तरीको बीचमा पर्ने कद्माहा खोलामा आएको बाढीले विद्युत्को पोल ढालेकाले दुईदिनसम्म उदयपुरवासी अन्धकारमा बस्नुपरेको स्थानीयवासीले बताएका छन् ।

दुईदिनसम्म विद्युत् सञ्चालन हुन नसक्दा रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्नदेखि अन्य कुरासमेत ठप्प हुन पुगेको गाईघाटका राजकुमार कार्कीले बताउनुभयो ।

विद्युत्को पोल र तार मर्मत गर्ने काम भइरहेका कारण आजदेखि विद्युत् सञ्चालन हुनसक्ने अवस्था रहेको कुरा जिल्ला विद्युत् प्राधिकरण कार्यालय उदयपुरका प्रमुख अवधेशकुमार दुबेले बताउनुभयो ।

वि.सं.२०७४ साउन २९ आइतवार ०३:५१ मा प्रकाशित

अनेरास्ववियुको अध्यक्षमा डा कडरिया निर्वाचित

अनेरास्ववियुको अध्यक्षमा डा कडरिया निर्वाचित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा...

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...