back
CTIZAN AD

दुईदिनदेखि विद्युत् र टेलिफोन अवरुद्ध

वि.सं.२०७४ साउन २९ आइतवार

828 

shares

 २९ साउन, गाईघाट (उदयपुर)। शुक्रबार बेलुकीदेखि आएको वर्षाले सुनसरीको इटहरीमा रहेको क्षेत्रीय टेलिकम सेवा कार्यालयको टावरमा गडबडी भएपछि उदयपुर जिल्लामा पनि दुईदिनदेखि मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिफोन तथा मोबाइल सेवासमेत अवरुद्ध हुँदा स्थानीयवासी तथा पत्रकार सञ्चारकर्मीसमेत समाचार संकलन गर्नमा हैरानी पर्न थालेको उदयपुरका पत्रकार भक्तिविलास पोखरेलले बताउनुभयो ।

दुईदिनदेखि टेलिफोन सेवा सञ्चलन हुन नसक्दा तराईका केही जिल्ला र उदयपुरवासी टेलिफोन तथा मोबाइल सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासी बताउँछन् ।

आजदेखि टेलिकम सेवा सञ्चालन हुन सक्ने आफूहरुले जानकारी पाएको कुरा जिल्ला टेलिकम कार्यालय, गाईघाटले बताएको छ ।

यस्तै, निरन्तर वर्षाका कारण उदयपुर र सप्तरीको बीचमा पर्ने कद्माहा खोलामा आएको बाढीले विद्युत्को पोल ढालेकाले दुईदिनसम्म उदयपुरवासी अन्धकारमा बस्नुपरेको स्थानीयवासीले बताएका छन् ।

दुईदिनसम्म विद्युत् सञ्चालन हुन नसक्दा रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्नदेखि अन्य कुरासमेत ठप्प हुन पुगेको गाईघाटका राजकुमार कार्कीले बताउनुभयो ।

विद्युत्को पोल र तार मर्मत गर्ने काम भइरहेका कारण आजदेखि विद्युत् सञ्चालन हुनसक्ने अवस्था रहेको कुरा जिल्ला विद्युत् प्राधिकरण कार्यालय उदयपुरका प्रमुख अवधेशकुमार दुबेले बताउनुभयो ।

वि.सं.२०७४ साउन २९ आइतवार ०३:५१ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...