२९ साउन । म्यान्चेस्टर सिटीले प्रीमियर लिगमा जित हात पारेको छ । हिजो राती भएको खेलमा यो सिजन मात्र प्रीमियर लिगमा बढुवा भएको ब्रीटन एन्ड होब एल्बिओनलाई २-० गोल अन्तरले हराउदै सिटीले जित हात पारेको हो ।
सिटिको जितमा सर्जिओ अग्युएरो ले एक गोल गरेका थिए भने एक गोल खेलाडीले आत्मघाती गोल उपहार स्वरुप दिएका थिए ।
वि.सं.२०७४ साउन २९ आइतवार ०२:२९ मा प्रकाशित


























