back
CTIZAN AD

ईएल क्लासिको : नेयमार विनाको वार्सा तथा प्रतिबन्धमा रियलका मोड्रिच कसले जित्ला त ?

वि.सं.२०७४ साउन २९ आइतवार

696 

shares

el clasico

२९ साउन, एजेन्सी । स्पेनिश सुपर कप अन्र्तगतको पहिलो लेगमा स्पेनिश फुटबलका महारथी तथा कट्टर प्रतिद्वन्दी रियल म्याड्रिड र वार्सिलोना भिड्दै छन् । खेल वार्सिलोनाको घरेलु मैदानमा आज राति १ :४५ बजे हुदैँ छ । नेयमारको पिएसजीमा स्थान्तरण पछि वार्सिलोना रियल सँग भिड्न लागेको हो । प्रि सिजन टुरमा नेयमारको उत्कृष्ट प्रर्दशनको मदतमा वार्साले रियल माथि ३ – २ गोल अन्तरको जित हात पारेको थियो । आजको खेलमा नेयमारको स्थान सम्भवत डेउलेफिउले लिने छन् । आजको खेलमा वार्सालाई प्रि सिजनको नतिजालाई निरन्तरता दिदैँ आफ्नो घरेलु मैदानमा जित हासिल गर्नु पर्ने दबाबमा हुने छ । उता प्रतिद्वन्दी क्लब रियल मयाड्रिड वार्सिलोनालाई उसकै घरेलु मैदानमा हराएर प्रि सिजनमा बेहोरेको बदला लिदै पहिलो लेगमा जित निकाल्ने दाउमा हुने छ ।

रियलका लुका मोड्रिच सन् २०१४ को सुपर कपमा बेहोरको पहेलो कार्डका कारण प्रतिबन्धित हुने छन् । मोड्रिचको ठाउमा सम्भवत अर्का क्रोसिएन खेलाडी कोभाकिक वा स्पेनिश खेलाडी सेवालोस खेल्ने सम्भावना रहेको छ । आजको खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सुरुवाती एघारमा पर्ने उच्च सम्भावना रहेको छ ।

वि.सं.२०७४ साउन २९ आइतवार ११:३७ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...