back
CTIZAN AD

विभिन्न निर्णय गर्दै प्रवासी नेपाली मञ्च ओमानको बैठक सम्पन्न

वि.सं.२०७४ साउन २९ आइतवार

861 

shares

prabashi-omanराजु कुमार श्रीवास्तव, ओमान । प्रवासी नेपाली मञ्च ओमान राष्ट्रिय कमिटीको नियमित सातौं त्रैमासिक बैठक ११ अगस्ट २०१७ शुक्रबारको दिन ओमानको राजधानी मस्कट रुवि स्थित एशियन डिलाईट कफि सपमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष गगन कार्कीको अध्यक्षतामा र महासचिव सोमकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न उक्त बैठकमा सचिव विष्णु चौंलागाईबाट बैठकको माईनेटिङ गर्ने काम भएको थियो भने प्रचारप्रसार प्रमुख पशुपति जि. सि. ले बैठकको रिपोर्टिङ गर्नुभएको थियो ।
मञ्चका त्रैमासिक कार्यहरूको समिक्षाबाट शुरु भएको उक्त बैठकले यहि १७ नोभेम्बरमा मञ्चको दोश्रो राष्ट्रिय अधिबेशन गर्ने निर्णय गरेको छ । त्यस्तै साँस्कृतिक बिभाग प्रमुख तथा जनसाँस्कृतिक मञ्च ओमानका संयोजक राजेन्द्र तिमिल्सिनाको संयोजकत्वमा सेप्टेम्वर २९ मा दशैं बिशेष साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
मञ्चका कोषाध्यक्ष मान बहादुर नेपालीले प्रस्तुत गरेको तीन महिना बिचको आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गरिएको छ । त्यस्तै प्रवासी नेपाली मञ्च ओमानको कार्य, लक्ष्य, र विचारलाई मन पराएर पेम्दिकी शेर्पा, मुना कार्की लगायत तिनजना नयाँ कमरेडहरुले प्रवासी नेपाली मञ्च ओमानमा प्रवेश गर्नुभएको छ । नबप्रबेशीलाई मञ्चका अध्यक्ष गगन कार्कीले शपथ ग्रहण गराउनुभएको थियो । नबप्रबेसीलाई स्वागत गर्दै पार्टी सदस्यहरुलाई सदस्य बितरण र मञ्च सदस्यता नवीकरण जस्ता कार्यहरू भएका थिए ।
अन्य बिबिध महत्वपूर्ण निर्णयहरू गर्दै बैठकको अध्यक्षता ग्रहण गर्नुभएको गगन कार्कीले बैठक समापन भएको घोषणासंगै बैठक सम्पन्न भएको प्रवासी नेपाली मञ्च ओमानका सचिव विष्णु चौलागाइले जानकारी गराउनु भएको हो ।

वि.सं.२०७४ साउन २९ आइतवार ०६:२४ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...