back
CTIZAN AD

पत्रकार कोइराला पुरस्कृत

वि.सं.२०७४ साउन २९ आइतवार

825 

shares

२९ साउन, पोखरा । पोखरा रोयल सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाको अवसरमा क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार भरत कोइराला सम्मानित हुनुभएको छ ।

संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष डिबी बस्नेतले शनिवार आयोजित एक कार्यक्रममा कोइरालालाई दोसल्ला ओढाइ नगद रु पाँच हजार ५५५ बाट सम्मान गर्नुभएको थियो ।

त्यस्तै, सहकारी क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएको भन्दै रु ११ हजार १११ राशिको राष्ट्रिय सहकारी पुरस्कारबाट जिल्ला सहकारी सङ्घका प्रबन्धक भोजराज घिमिरे पुरस्कृत हुनुभएको छ ।

पचहत्तर वर्षभन्दा माथिका ज्येष्ठ आठजना शेयर सदस्यलाई संस्थाले मासिक रु पाँच हजार पेन्सन वितरण गरेको छ । पेन्सन पाउने ज्येष्ठ शेयर सदस्यहरुमा वीलबहादुर गुरुङ, टीकाप्रसाद गुरुङ, डा एलियम्मा जोन, चन्द्रबहादुर गुरुङ, भेषराज ढकाल, जयबहादुर श्रेष्ठ र भगवती ढकाल हुनुहुन्छ ।

त्यस्तै, सहकारीले वर्षको उत्कृष्ट कर्मचारीका रुपमा विजया श्रेष्ठलाई रु ११ हजार नगदबाट पुरस्कृत गरेकोे छ ।

रु एक अर्ब २८ करोडको कूल कारोबार गरेको सहकारीले आव २०७३÷७४ मा नेपाल सरकारलाई रु ९३ लाख तीन हजार आयकर बुझाएको छ ।

संस्थाको शेयर पूँजी रु १५ करोड ७४ लाख, जगेडा कोष रु छ करोड ६८ लाख, निक्षेप ९२ करोड ७९ लाख तथा रु ९३ करोड ८९ लाख कर्जा लगानी गरेको छ ।

सहकारीले गत आवमा रु पाँच करोड पाँच लाख सञ्चालन बचत गर्न सफल भएको छ । संस्थाका अध्यक्ष मे तुलसीप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिका अध्यक्ष डिबी बस्नेत, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव भीम गुरुङलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७४ साउन २९ आइतवार ०४:३६ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...