back
CTIZAN AD

दुईदिनदेखि विद्युत् र टेलिफोन अवरुद्ध

वि.सं.२०७४ साउन २९ आइतवार

741 

shares

२९ साउन, गाईघाट, उदयपुर । शुक्रबार बेलुकीदेखि आएको वर्षाले सुनसरीको इटहरीमा रहेको क्षेत्रीय टेलिकम सेवा कार्यालयको टावरमा गडबडी भएपछि उदयपुर जिल्लामा पनि दुईदिनदेखि मोबाइल तथा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिफोन तथा मोबाइल सेवासमेत अवरुद्ध हुँदा स्थानीयवासी तथा पत्रकार सञ्चारकर्मीसमेत समाचार संकलन गर्नमा हैरानी पर्न थालेको उदयपुरका पत्रकार भक्तिविलास पोखरेलले बताउनुभयो ।

दुईदिनदेखि टेलिफोन सेवा सञ्चलन हुन नसक्दा तराईका केही जिल्ला र उदयपुरवासी टेलिफोन तथा मोबाइल सेवाबाट वञ्चित हुनुपरेको स्थानीयवासी बताउँछन् ।

आजदेखि टेलिकम सेवा सञ्चालन हुन सक्ने आफूहरुले जानकारी पाएको कुरा जिल्ला टेलिकम कार्यालय, गाईघाटले बताएको छ ।

यस्तै, निरन्तर वर्षाका कारण उदयपुर र सप्तरीको बीचमा पर्ने कद्माहा खोलामा आएको बाढीले विद्युत्को पोल ढालेकाले दुईदिनसम्म उदयपुरवासी अन्धकारमा बस्नुपरेको स्थानीयवासीले बताएका छन् ।

दुईदिनसम्म विद्युत् सञ्चालन हुन नसक्दा रेडियो सुन्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्नदेखि अन्य कुरासमेत ठप्प हुन पुगेको गाईघाटका राजकुमार कार्कीले बताउनुभयो ।

विद्युत्को पोल र तार मर्मत गर्ने काम भइरहेका कारण आजदेखि विद्युत् सञ्चालन हुनसक्ने अवस्था रहेको कुरा जिल्ला विद्युत् प्राधिकरण कार्यालय उदयपुरका प्रमुख अवधेशकुमार दुबेले बताउनुभयो ।

वि.सं.२०७४ साउन २९ आइतवार ०४:३२ मा प्रकाशित

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...