back
CTIZAN AD

हेटौँडा–नारायणघाट सडकखण्डमा यातायात सञ्चालन

वि.सं.२०७४ साउन २९ आइतवार

738 

shares

२९ साउन,हेटौँडा  । शनिबार रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा हेटौँडा–नारायणघाट सडकखण्डको ज्यामिरे र सान्नानीटारको पहिरो हटाई यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

यसैगरी, त्रिभुवन राजपथको बाघझोरा र भैँसेमा रहेको पहिरो हटाई हेटौँडा–फाखेल सडकखण्डको यातयात सेवा पनि आजै साँझबाट सञ्चालन भएको छ ।

यसैगरी, हेटौँडा र वीरगञ्ज सडकखण्डको अमृतगञ्ज नजिक राजमार्गमा गएको पहिरो हटाई यातायात सेवा पनि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, त्रिभुवन राजपथको सिमभञ्ज्याङनजिक ठूलो पहिरो जाँदा अवरुद्ध भएको आज पनि ठूलो ढुंगा फुटाउने काम भइरहेकाले भोलि दिउँसोसम्ममा यातायात सञ्चालन गर्ने तयारी भइरहेको मकवापनुरका प्रजिअ नारायणप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

पहिरोका कारण हेटौँडा–भीमफेदी सडकखण्डमा पहिरो जाँदा अवरुद्ध हुँदा सो पहिरो हटाई आजै साँझबाट यातायात सञ्चलान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिनुभएको छ । रासस

वि.सं.२०७४ साउन २९ आइतवार १५:५५ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...