back
CTIZAN AD

हायसको ठक्करबाट छोराको मृत्यु, बाबु घाइते

वि.सं.२०७४ साउन २९ आइतवार

726 

shares

२९ साउन, सिन्धुली  । सिन्धुलीमा आज साँझ हायसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–३ गुठबजारमा हायसले मोटरसाइकललाई ठक्कर दिँदा बाबु घाइते र छोराको मृत्यु भएको हो ।

दुर्घटनामा धनुषा मिथिला नगरपालिका–९ निवासी ९ वर्षीय शिव कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । काठमाडाँैतर्फ जाँदै गरेको बा३ख ८९३९ नंको हायसले सिन्धुलीतर्फ आउँदै गरेको ज१०प १९२७ नंको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो ।

मिथिला नगरपालिका–९ निवासी ४० वर्षीय निरोज कोइरालाको घाइते भएका बाबुको खुर्कोटस्थित भरोसा अस्पतालमा उपचार भइरहेको छ । बालकलाई अस्पताल पु¥याउना साथ मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनाको कारण भने खुल्न नसके पनि हायस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्गमा हायस, सुमोलगायतका साना सवारीसाधन सडक नियम विपरीत चल्दा दुर्घटना बढ्दै गएको छ ।

यसैबीच, सिन्धुलीमा केही दिनदेखि जिल्लाका विभिन्न भू–भागमा अविरल वर्षा जारी भए पनि पछिल्लो समयमा कुनै पनि अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो । छिट्फुट रुपमा कहीँ कतै सामान्य पहिरो गएको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

वर्षात्का कारण दुर्घटनाका जोखिम भएका स्थानमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । खोला तथा नदी आसपासका जिल्लावासीलाई सदैव सावधानीपूर्वक बस्न आग्रह गरेको छ । रासस

वि.सं.२०७४ साउन २९ आइतवार १६:०० मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...