back

चितवनमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

वि.सं.२०७४ साउन ३० सोमवार

564 

shares
GLOBAL IME AD
NTC AD

३० साउन, चितवन । अविरल वर्षापछि यहाँ आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीले बगाएर मृत्यु हुनेमा राप्ती नगरपालिका–८ की ४२ वर्षीया गोमनकुमारी रानामगर, इच्छाकामना गाउँपालिका–३ का २४ वर्षीय कमलबहादुर प्रजा र राप्ती नगरपालिका–८ बस्ने ७७ वर्षीया फूलमती चेपाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रानामगरलाई पम्फा खोलाको बाढीले बगाएर, फूलमतीको घर ढलेपछि थिचेर र कमलबहादुरको स्थानीय बारवाङ् खोलाले बगाएर मृत्यु भएको हो ।

यस्तै, बाढीमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा माडी नगरपालिका–७ की कमला नेपाली रहनुभएको छ । उहाँ आफ्नै घरले थिचेर घाइते हुनुभएको हो । घाइते नेपालीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राप्ती नगरपालिकाका ५५ वर्षीय रणबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बाढीको जोखिममा रहेका दुई हजार ९५७ जनाको उद्धार गरिएको छ । उहाँका अनुसार बाढीमा परी २१ घर पूर्ण रुपमा क्षति भएको छ भने एक हजार ५३४ घर डुबानमा परेका थिए । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै राप्ती, बूढीराप्ती, रिउ, कयर, लदरी लगायतका खोलामा आएको बाढीले जनधनको क्षति बनाएको हो ।

वि.सं.२०७४ साउन ३० सोमवार ०५:०६ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...