back
CTIZAN AD

झापा पुगि बाढीपीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीले दिए निर्देशन

वि.सं.२०७४ साउन ३० सोमवार

741 

shares

काँकडभिट्टा (झापा), ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले पु¥याएको क्षतिको अवस्थाबारे आज जानकारी लिनुभएको छ ।

अपराह्न ४ः०० बजे सदरमुकामस्थित चन्द्रगढी विमानस्थलमा गृहमन्त्री जनार्दन शर्मा र प्रधानसेनापति राजेन्द्र क्षत्रीसहित आउनुभएका प्रधानमन्त्री देउवालाई प्रजिअ ऋषिराम तिवारीले बाढीले पु¥याएको क्षतिको अवस्था जानकारी गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले बाढीपीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिनुभयो । झापामा बाढीमा परी ११ जनाको मृत्यु भएको, चार बेपत्ता भएको र एक हजार ९०० भन्दा बढी परिवार विस्थापित भएको विवरण प्रस्तुत गर्नुभएको थियो । मोरङ र सुनसरीको भ्रमणपछि उहाँ हेलिकप्टरमार्फत यहाँ आउनुभएको थियो ।
चार बेपत्ता 

तीन दिनसम्म परेकोे अविरल वर्षाका कारण आएको बाढी र डुबानमा परी मृत्यु हुनेमा झापा गाउँपालिकाका सबैभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरि शर्माले बताउनुभयो । मृत्यु हुनेमा गाउँपालिका–२ की धनमाया घोर्साने, ७ की कमला दलार्मी र उनकी छोरी खुशी, वडा नंं २ मा फेला परेका तर पहिचान नखुलेका एक एक वृद्ध र युवक तथा झापा–४ का कुल्सन खातुन छन् ।

त्यसैगरी शिवसताक्षी नगरपालिका–१ का ३८ विजय पाण्डे, कचनकवल गाउँपालिकाका–३ का राम राजवंशी, दमक नगरपालिका–५ का तपोष मण्डल, हल्दिबारी गाउँपालिका–१ का चम्पामणि सतार र कमल गाउँपालिका–५ का दिवस राई रहेको उहाँले जानकारी दिनुभयो । बाढीबाट चार जना बेपत्ता भएका छन् । रासस

वि.सं.२०७४ साउन ३० सोमवार १५:११ मा प्रकाशित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...