back
CTIZAN AD

पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

वि.सं.२०७४ साउन ३२ बुधवार

714 

shares

 ३२ साउन , मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

२०६९ असार २० गते भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय सुनाएका मेलम्ची नगरपालिका–१२ पिपलचौरका ३४ वर्षीय तीर्थबहादुर माझी कैद भुक्तानी नगरी फरार भएका थिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा माझीलाई मंगलबार बाहुनेपाटी बजारबाट पक्राउ गरेकोे मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

अक्षय दोङले दिएको जायरीको आधारमा भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दा चलाइएको माझीले एक वर्ष ११ महिना नौ दिन कैद सजाय असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका माझीलाई सिन्धुपाल्चोक जिल्ला अदालत बुझाइले प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिनुभयो ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय मेलम्चीले आधा दर्जनभन्दा बढी फरार अभियुक्त पक्राउ गरी अदालत र जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार ०५:१३ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...