back
CTIZAN AD

को बन्ला युरोपको सर्वोत्कृष्ट खेलाडी ? यस्तो छ अघिल्लो सिजनको तथ्यांक गत स्थिती

वि.सं.२०७४ साउन ३२ बुधवार

615 

shares

rmb

३२ साउन, काठमाडौँ । युरोपको फुटबल हेर्ने संस्था युएफाले हरेक वर्ष छनोट गर्ने युएफा वर्ष खेलाडीको लागि शीर्ष तीन खेलाडीको मनोनयन गरेको छ । गत सिजन गरेका प्रदर्शनको आधारमा युएफाले रियल म्याड्रिडका फरवार्ड रोनाल्डो वार्सिलोनाका फरवार्ड लिओन मेस्सी तथ युभेनट्सका गोल किपर जिआनलुईजी बुफनलाई मनोनयन गरेको छ ।
मनोननयमा परेका खेलाडीलाई प्रशिक्षक तथा खले पत्रकारको भोटको आधारमा  अगस्ट २४ मा  फ्रान्सको मोनाकोमा विजेता घोषणा गरिनेछ ।
यस्तो छ प्रमुख तीन खेलाडीले गत सिजनमा गरेको प्रर्दशनः
रोनाल्डो
गत सिजन रियललाई च्यामिपयन्स लिग तथा घरेलु लिगको उपाधि जिताउन महतवपुर्ण भुमिका खेलेका रोनाल्डोले च्याम्पियन्स लिगमा १२ तथा घरेलु लिगमा २५ गोल गरेका छन् । गत वर्षको विजेता रोनाल्डो यस वर्ष पनि उपाधिका प्रमुख दावेदार हुन् ।
मेस्सी
गत सिजन युरोपमा निकै राम्रो प्रर्दश्न गरेका मेस्सी युरोपियन गोल्डेन सुज अवार्ड विजेता समेत हुन् । उनको क्लबले कोपा डेल रे बाहेक अरु उपाधि जित्न नसके पनि घरेलु लिगमा ३७ तथा च्याम्पियन्स लिगमा ११ गोल गरेका छन् । यसअघि दुई पटक उपाधि जितिसकेका मेस्सी यो सिजन पनि जित्न सक्ने प्रमुख दाबेदार हुन् ।
बुफोन
भेट्रान ईटलियन फुटबलर जिआनलुईजी बुफोनले गत सिजन युभेन्टसलाई सिरिआ तथा कोपा दि ईटालिआको उपाधि जिताउन महत्पुणृ भुमिका खेलेका थिए । यस्तै गत सिजन युभेन्टसलाई च्याम्पियन्स लिगको फाईनल सम्म पु¥याउन   महत्वपुर्ण भुमिका खेलेका बुफोनले यो पटक जित्न सक्ने सम्भावना रहेको छ । उनको उमेरको कारण पनि सहानुभुति मत आउन सक्ने अपेक्षा समेत गरिएको छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार ०७:१० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...