back
CTIZAN AD

दोस्रो उपाधि नजिक रियल, वार्सा समक्ष चुनौतीको पहाड

वि.सं.२०७४ साउन ३२ बुधवार

645 

shares

ba

३२ साउन, एजेन्सी । आज राति रियल मयाड्रिडको घरेलु मेदान सान्टिएगो बर्नेबाउमा रियल र वार्सिलोना बिचको खेलमा प्रतिद्वनद्धी क्लब वार्सिलोनाको लक्ष्य हुनेछ आफ्नै घरेलु मैदानमा बेहोरेको हारको बादला लिदैँ रियललाई उसको घरमा हराएर स्पेनिश सुपर कपको उपाधि जित्नु । तर वार्सिलोनाको लागि यो चुनौती फलामको चिउरा चपाउनु सरह हुनेछ । अघिल्लो लेगमा बेहोरेको ३ – १ को गोल अन्तरको हारलाई उल्ट्याउन क्याटालन क्लब वार्सिलोनालाई चुनौतीको सगरमाथा चढ्नु सरह हुनेछ ।
त्यसको ठकि विपरीत घरेलु टोली रियल भने सिजनको दोस्रो उपाधिको नजिकै पुगेको मान्न सकिन्छ । पहिलो लेग जिताउन प्रेरणादायी भुमिका खेलेका रोनाल्डोलाई यस पटक प्रतिबन्धको कारण गुमाएको छ । पहिलो लेगमा निकालेको सपष्ट नतिजा तथा खेलाडीहरुको प्रर्दशनले रियल म्याड्रिडको टिम निकै सन्तुलित देखिएका छ । जसकारण रियल १० दिन भित्रमा २ वटा उपाधि जित्दै रियलले आफुलाई पुनः बलियो प्रतिस्पर्धीको रुपमा उतार्ने कुरामा दुईमत देखिदैन् ।

वि.सं.२०७४ साउन ३२ बुधवार ११:३४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...