back
CTIZAN AD

चलचित्र “देश खोज्दै जाँदा” मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा छनोट

वि.सं.२०७४ साउन ३२ बुधवार

699 

shares

desh-khojdai

३२ साउन, काठमाडौँ । प्रकाश आङदेम्बे निर्देशित फिल्म‘देश खोज्दै जाँदा’मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा अफिसियल छनौट भई स्क्रिनिङ हुने भएको छ । उक्त फेस्टिवलमा नेपालबाट प्रतिनिधित्व गर्ने एकमात्र नेपाली फिल्म देश खोज्दै जाँदायहीभदौ २८ गतेदेखि नेपालभर प्रदर्शनमाआउँदै छ ।

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीनदिने फिल्म फेस्टिवलमा यही अगस्ट १९ सनिवार विहान १० बजेदेखि देश खोज्दै जाँदास्क्रिनिङ हुनेछ । फेस्टिवलमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडा लगायत मुलुकका फिल्महररु छनौटमा परेको आयोजकले जनाएको छ । स्क्रिनिङमा चलचित्रको पोस्टप्रोडक्सन÷आर्ट डाइरेक्टर प्रल्हाद गुरुङ सहभागी हुनेछन् ।
यसअघि ‘दादा साहेव फिल्मफेस्टिभल’मा टप सेभेन सम्मपुग्न सफल यस फिल्मदिकर्निस कलेज अफदि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफतास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दिअन्ने फ्रांकप्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर–दिअन्ने फ्रांकप्रोजेक्ट २०१७न्युयोर्कजस्तायुनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागीताजनाइसकेको छ ।

भुटानी शरणार्थीहरुको जीवनभोगाइलाई यथार्थपरक रुपमाउतारिएको फिल्म भुटानी शरणार्थीहरुको शिविर नजिकै दमकमा केहीदिन अघि प्रिमियर समेत गरिएको छ । निकै चर्चा कमाउनथालेको यस फिल्ममा भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलनतथा तेस्रो देश पुनर्वासको विषयलाई कथाको केन्द्रमा राखिएको छ ।फिल्ममाबाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिनाकोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीताओली, शिवशंकर थापालगायतको अभिनय रहेको छ भने उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाङ्कन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ । त्यसैगरी श्रवण मुकारुङको गीतआभासको संगीत र स्वरुपराजआचार्यको गायन रहेको छ ।

वि.सं.२०७४ साउन ३२ बुधवार १०:०० मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...