
७ भदौँ, एजेन्सी । सपेनिश क्लब वार्सिलोनाको अधिकारिक फेसबुक र टुईटर अकाउन्ट ह्याकरको गिरोहले ह्याक गरेका छन् । ह्याकरको समुहले वार्सिलोनाको फेसबुक र टुईटर अकाउन्ट ह्याक गरेर पिएसजीका विङगर एन्जल डि मारियालाई स्वागत गरेको बताईएको थियो ।
ह्याकरले भिन्न भिन्न खालका ५ वटा पोष्ट अपडेट गरेका थिए । त्यसपछि वार्सिलोनाले आफ्नो टुईटर र फेसबुक अकाउन्ट ह्याक भएको पुष्टि गरेको थियो । क्लब ले स्तरीय खेलाडी नभित्राएको भन्दै आलोचना खेपिरहदा एक्कासी वार्सिलोनाको आधिकारिक अकाउन्ट बाट डि मारिया भित्राईएको समचार आएपछि उक्त पोष्ट करोडौँले शेयर गरेका थिए ।