back
CTIZAN AD

कास्मिरको स्याउ किन्यो बनारसी साडीमा

वि.सं.२०७४ भदौ ७ बुधवार

1.4K 

shares

nilkantha-tiwari-2

सस्तो दाममा विदेश छन नेपालीका पाखुरा
चालीस लाख नाघिसक्यो गरौं के कुरा ?
अझै कति पुस्तालाई विदेश जानु पर्ने हो
यस्तो चक्र तोड्न अब कसो गर्ने हो ?

पृथ्वीमा स्वर्गको टुक्रा जस्तो नेपाल
अझै हामी किन गरिवी ? सोचौं पल पल
जस्तो भन्यो त्यस्तै माटो हावा पानी उस्तैछ
ढुंगाको कापमा पनि फल फर्कन्छ

नेता भन्छन–समाजवाद, संविधानमा लेखेर
कसरी आउला साथी वग्गि चढेर
भूईचालोले–राष्ट्रियता, सबैलाई सम्झायो
मगन्ते–संस्कृतिले, विकास अल्झायो

जल, जमिन–जंगलको, पहिचान भएन
जराजुरी–जडीबुटीको, ख्याल रहेन
जनशक्ति र जनावरको, सत्य तथ्य आएन
जलवायुको–महत्वले, ठाउँ पाएन

किन गर्नु–चर्को कुरा, आफ्नो माटो जाँचे भो
माटो र उत्पादनको, बाटो नापे भो
फलफूल–माछा–मासु, दूध दही तरकारी
खरब नाघ्यो– व्यापार घाटा, डाटा सरकारी

अरबको रेमिट्यान्स नी कता कता विलायो
विहारको प्याज ल्याइ हिसाव मिलायो
कास्मिरको स्याउ किन्यो बनारसी साडीमा
कतिन्जेल हुइकिने हो टाटा गाडीमा

जस्ले गर्छ–त्यहि पर्छ, राम्रो काम थालेमा
किन यस्तो हुने गर्छ हाम्रो नेपालमा
राष्ट्रपति प्रधानमन्त्री दलको नेता सबैलाई
हार गुहार धेरैपटक ग¥यौं बरीलैं ।

उत्पादनमा लागेका किसान छन् निराश
समस्यालाई बदल्नु छ नयाँ निकासमा
काम र मामको वातावरण यहि बनाउनु पर्छ है.
अष्ट ज ले यस्तो माग गर्छ वरिलै
देश किन गरिव भयो बहश बढाउँ साथी हो
अझै चेत्न नसकेमा हुने कति हो ।।।

तिवारी : अष्ट ज अभियान नेपालका महासचिव हुन् ।

वि.सं.२०७४ भदौ ७ बुधवार ०४:५५ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...