back
CTIZAN AD

भेट्रानको अन्तराष्ट्रिय करियरको अन्त्य

वि.सं.२०७४ भदौ ८ बिहीवार

750 

shares

rooney

८ भदौँ, लण्डन । इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गर्नुभएको छ ।
१४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बेला ३१–बर्षीय उहाँले इङल्याण्डका निम्ति कूल ५३ गोल गरी आफ्नो नाममा देशबाट सर्वाधिक गोलकर्ताको किर्तीमान बनाउन सफल हुनुभएको छ ।
रुनीले आफूलाई इङल्याण्डका फुटबल व्यवस्थापक ग्यारेथ साउथगेटले यसै साता फोन गरेर राष्ट्रिय टोलीमा पुनः बोलाएको भए पनि सन्यासको निर्णय लिएको बताउनुभयो । साउथगेटले माल्टा र स्लोभाकियामा अर्को महिना हुने खेलमा रुनीको अनुपस्थिति अपेक्षा गर्नुभएको थिएन ।
“प्रत्येक पटक राष्ट्रिय टोलीमा छनोट हुँदा मेरो निम्ति त्यो गरिमापूर्ण थियो । तर मलाई लाग्छ अब मैले छाड्ने बेला भयो,“ उहाँले भन्नुभयो ।
रुनी म्यानचेष्टर युनाइटेड क्लबका पूर्व कप्तान पनि हुनुहुन्छ भने हालैमात्र उहाँले आफ्नो खेल आरम्भ गरेको फुटबल क्लबमा भित्रिनुभएको थियो ।
इङ्ल्याण्डको निम्ति उहाँले पहिलो पटक सन् २००३ को फेब्रुअरीमा अष्ट्रेलियासँग खेल्नुभएको थियो । सन् २००४ को यूरो फुटबल उहाँले खेलेको पहिलो महत्वपूर्ण प्रतियोगिता थियो ।
इङल्याण्डका निम्ति उहाँको अन्तिम खेल भने कप्तानको रुपमा गत नोभेम्बरमा वेम्बले रंगशालामा स्कटल्याण्ड विरुद्धको खेल रह्यो । उक्त खेलमा इङल्याण्डले तीन गोलले स्कटल्याण्डलाई जितेको थियो ।

वि.सं.२०७४ भदौ ८ बिहीवार ०५:२१ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...