back
CTIZAN AD

मोटरसाइकल चालकको मृत्यु

वि.सं.२०७४ भदौ २२ बिहीवार

786 

shares

२२ भदौ, उर्लाबारी, मोरङ  । मोरङको बेलबारी–२ स्थित राजमार्गमा निजी भ्यान र मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा आज बिहान एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२३६ नम्बरको निजी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको को ९ प ८८१३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालक बेलबारी–३ का २५ वर्षीय संजोग लिम्बूको मृत्यु भएको हो ।

गएराति मध्यरातमा भएको दुर्घटनामा गम्भीर घाइते लिम्बूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेलबारी–३ कै २१ वर्षीय रञ्जीत घले गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ ।

दुर्घटनामा भ्यानमा सवार महोत्तरी जलेश्वर नगरपालिका–२ का ५९ वर्षीय सुरेन्द्र प्रसाद पनि गम्भीर घाइते भएकाले उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

भ्यान र त्यसका चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

वि.सं.२०७४ भदौ २२ बिहीवार ०४:५४ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...