back
CTIZAN AD

एचडीएनपी इन्टरनेसनलले टेक्ससमा घरबार बिहिनलाई खाना खुवायो

वि.सं.२०७४ भदौ २५ आइतवार

636 

shares

1१० सेप्टेम्बर । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खुवाउदै आएको खाना आज खुवाएको छ  ।

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले आज ४ सय ५० भन्दा ज्यादा लाई खाना खुवाईएको र यो समेत २२ औ पटक घरबार बिहिन ,दुखि ,असहायहरुलाई खाना खुवाएको बताए l आचार्यले अर्को पटक थाङ्क्स गिभिंग का दिन पुन खुवाउने योजना रहेको रहेको जानकारी दिएका छन्  ।

food

स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको र यस्ता कार्यकममा अर्थको अभाव पनि हुने हुनाले सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको उनले बताए  ।

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ l संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ  ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ   ।

khana

वि.सं.२०७४ भदौ २५ आइतवार ०६:२७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...