back

जाजरकोटमा अंग्रेजी सिकाउँदै बेलायती स्वयंसेवी

वि.सं.२०७४ भदौ २५ आइतवार

258 

shares
RBB AD
NTC AD

foreigner

२५ भदौ, जाजरकोट । स्कटल्याण्डका १७ वर्षीय लुइस फोरसाइफ र वेल्सका १९ वर्षीय ग्रेफ मार्टिन खलंगास्थित त्रिभुवन माविका विद्यार्थीलाई अंग्रेजी सिकाउन लागिपरेका छन् । ‘प्रोजेक्ट ट्रस्ट युके’ बाट स्वयंसेवकका रूपमा उनीहरू एक वर्षका लागि आएका हुन् ।

उक्त संस्थाले ‘ए’ लेभल उत्तीर्ण विद्यार्थीबाट आवेदन लिएर नेपाल, भारत, म्यानमार, दक्षिण अमेरिका, अफ्रिका, मलेसियालगायत ३६ देशमा ३०० स्वयंसेवक खटाउने गरेको छ । ट्रस्ट युकेले बेलायत र फ्रान्सका स्वयंसेवकलाई शिक्षण, खेलकुद र समाजसेवामा खटाउने गरेको हो ।

ट्रस्टले नेपालमा अंग्रेजीमा कमजोर भएका दुर्गमका विद्यालयमा यस्ता स्वयंसेवीलाई खटाएको छ । चार वर्षदेखि बागलुङ, रुकुम, म्याग्दी, प्यूठान र मुस्ताङका विद्यायलमा स्वयंसेवी शिक्षक पठाउँदै आएको उक्त संस्थाले यस वर्षदेखि जाजरकोटमा पनि सेवा शुरु गरेको हो ।

संस्थाको सहयोगमा नेपालका छ जिल्लाका १२ विद्यालयमा २४ स्वयंसेवी शिक्षक पुगेका छन् । स्वयंसेवकले विद्यार्थीलाई अंग्रेजी विषयको गुणस्तर वृद्धिमा विशेष जोड दिने प्रोजेक्ट ट्रस्ट युकेका नेपाल प्रतिनिधि डा शान्तराज शर्मा न्यौपानेले बताउनुभयो ।

स्वयंसेवी शिक्षकका रूपमा गएका अन्य जिल्लाका विद्यालयको शैक्षिक गुणस्तरमा निकै सुधार भएकाले अभियान प्रभावकारी भएको डा न्यौपानेको ठम्याइ छ ।
शिक्षा मन्त्रालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । स्वयंसेवकले त्रिभुवन माविमा ६ देखि ८ कक्षासम्म अंग्रेजीका साथै गणित, विज्ञान र कम्प्युटर विषय अध्यापनमा सहयोग पु¥याउने छ ।

स्वयंसेवी शिक्षक लुइसले भूगोलमा पिएचडी गरेर वातावरण संरक्षणको अभियानमा लाग्ने लक्ष्य लिएको बताउनुभयो । अर्का ग्रेफले भने स्नातकमा जीव विज्ञानको अध्ययन गरेर डाक्टर बन्ने लक्ष्य सुनाउनुभयो ।

वि.सं.२०७४ भदौ २५ आइतवार ०६:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु...

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री...

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा...