back
CTIZAN AD

अदुवाको बजारीकरणका लागि परियोजना सञ्चालन

वि.सं.२०७४ भदौ २५ आइतवार

840 

shares

aduwa

२५ भदौ इलाम। अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ ।

जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो ।

जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओमार्फत रु ३१ लाख सहयोग प्राप्त भएको र त्यसले अदुवाको उत्पादन र बजारीकरणलाई व्यवस्थित गरी किसानलाई अदुवाको उचित मूल्य दिलाउने बताउनुभयो । यो परियोजना जिल्लाका चार नगरपालिका र छवटा गाउँपालिकामा यही महिनादेखि एक वर्षसम्म सञ्चालन गरिने छ ।

संघले परियोजनामार्फत अदुवामा देखिएका समस्या समाधानका लागि बहस पैरवीसमेत चलाउने अध्यक्ष भट्टराईले बताउनुभयो । जसअन्तर्गत सहकारीका सदस्यहरूलाई विभिन्न किसिमका तालीम दिइने संघले जनाएको छ ।

बिब्ल्याँटेका अदुवा व्यवसायी गोविन्द पौडेलले भारतले अदुवामा कर लिइरहेको र गुणस्तर नबढाई निकासी भइरहेकाले समस्या सिर्जना भइरहेको बताउनुभयो ।

जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अदुवाको मूल्य अभिवृद्धि नहुँदा कच्चीरूपमै भारत निकासी भइरहेको छ । भारतमा क्वारेन्टाइन समस्या र गुणस्तरको अभावमा निकासीमा समस्या भएकाले किसानले अदुवाको उचित मूल्य पाउन सकेका छैनन् ।

अदुवाबाट सुठो, क्याण्डी, जुस, मसला, मिठाइ, वाइनजस्ता वस्तु उत्पादन गर्न सकिने भए पनि त्यस प्रकारका उद्योग खुल्न नसकेका कारण पनि किसानले अदुवाको उचित मूल्य पाउन नसकेका हुन् । माउ अदुवा बिक्री गर्ने मौसममा पनि मूल्य नपाएपछि किसान मारमा परेको फाकफोकथुम गाउँपालिकाका वडा नं ३ का मदन पाण्डे बताउनुहुन्छ ।
माउ अदुवाको मौसममा पनि प्रतिमन रु चार सयमा पनि मुस्किलले मात्रै बिक्री हुने गरेको पाण्डेको भनाइ छ । रासस

वि.सं.२०७४ भदौ २५ आइतवार ०६:३४ मा प्रकाशित

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...